Suvadin, Home

नेपाली खेलकुदको स्वर्ण वर्ष २०१६

नेपाली फुटबलले २३ वर्षदेखि अन्तर्राष्ट्रिय फुटबलकाे उपाधि उचाल्न सकेकाे थिएन। त्याे खडेरी यसै वर्षकाे जनवरी तेस्राे साता ताेडियाे। नेपालले बंगलादेशमा भएकाे बङबन्धु कपमा बहराइनलाई ३-० ले पराजित पार्दै उपाधि उचालेकाे हाे। जुन सन् १९९३ पछिकाे पहिलाे अन्तराष्ट्रिय उपाधि हाे। त्यतिबेला सागमा स्वर्ण जितेपछि नेपाली फुटबल २३ वर्षसम्म अन्तर्राष्ट्रिय खेलमा उपाधिविहीन थियाे। प्रतियाेगिताले नेपाली फुटबलमा युवाहरूकाे प्रवेश गरायाे। नवयुग श्रेष्ठ, प्रतियाेगिताका माेस्ट भ्यालुएवल प्लेयर रहे।
बंगबन्धु गोल्डकपको उपाधि जितेपछि नेपाली फुटबल टिम।

ओसम्सको बिदाई, ग्यातुकीकाे स्वागत

जनवरी पहिलाे साता चाार महिनअघि मात्र नेपाली राष्ट्रिय फुटबल टाेलीकाे प्रमुख प्रशिक्षकका रूपमा नियुक्त भएका बेल्जियमका प्याट्रिक ओसम्सले बिदा लिए। भारतमा भइरहेकाे १२ अाैं साफ च्याम्पियनसिपलाई मध्यनजर राख्दै नियुक्ति गरिएका अाेसम्सले दुई महिनाकाे कार्यकाल बाँकी रहँदै नेपाली टिमबाट अलग हुने निर्णय गरे। उनकाे प्रशिक्षकत्वमा साफमा सहभागी नेपाली टाेलीले प्रतियोगितामा एउटै खेल नजिती बाहिरिएपछि विवाद सुरू भएकाे थियाे।

पारिश्रमिक पाउने हकमा भने उनले कीर्तिमान राखेका थिए। उनसँग एन्फाले मासिक सात हजार अमेरिकी डलरमा सम्झाैता गरेकाे थियाे। जुन तलबकाे अाधारमा त्यससमयसम्मकै सबैभन्दा महंगा प्रशिक्षक थिए। उनी सन् २०११ यता नेपाली राष्ट्रिय टिम सम्हाल्न लागेका छैठाैं प्रशिक्षक समेत थिए।

अाेसम्सबाट अलग भएकाे दुई महिनापछि मार्च पहिलाे साता नेपाली फुटबल टिमले अर्काे विदेशी प्रशिक्षक पायाे। जापानी पूर्वराष्ट्रिय फुटबल खेलाडी ग्यातुकी कोजीले नेपाली राष्ट्रिय फुटबल टिमकाे नेतृत्व सम्हाल्ने भए। उनी प्रशिक्षक बनेपछि नेपाली फुटबल टिमले नाेभेम्बर दाेस्राे साता एएफसी सोलिडारिटी कप फुटबलको उपाधि उचाल्याे। त्याे यस बर्षकाे नेपालकाे अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक थियाे । त्यसअघि नेपालले १३ अाै साग र बन्धबन्धु गाेल्डकपकाे उपाधि उचालेकाे थियाे।

बंगबन्धु कपकाे उपाधि

नेपाली फुटबलले २३ वर्षदेखि अन्तर्राष्ट्रिय फुटबलकाे उपाधि उचाल्न सकेकाे थिएन। त्याे खडेरी यसै वर्षकाे जनवरी तेस्राे साता ताेडियाे। नेपालले बंगलादेशमा भएकाे बंगबन्धु कपमा बहराइनलाई ३-० ले पराजित पार्दै उपाधि उचालेकाे हाे। जुन सन् १९९३ पछिकाे पहिलाे अन्तराष्ट्रिय उपाधि हाे। त्यतिबेला सागमा स्वर्ण जितेपछि नेपाली फुटबल २३ वर्षसम्म अन्तर्राष्ट्रिय खेलमा उपाधिविहीन थियाे। प्रतियाेगिताले नेपाली फुटबलमा युवाहरूकाे प्रवेश गरायाे। नवयुग श्रेष्ठ, प्रतियाेगिताका माेस्ट भ्यालुएवल प्लेयर रहे।

एकातिर नेपाली फुटबलका पूर्वमुख्य खेलाडीहरूलाई म्याच फिक्सिङकाे अाराेप लाग्नु अर्कातिर लामाे समय नेपाली फुटबलकाे प्रशासन सम्हालेका गणेश थापालाई भष्ट्राचारकाे अाराेपमा फुटबलका कुनै पनि गतिविधिमा संग्लन हुन नपाउने गरी लगाएकाे प्रतिबन्धका बीच युवा खेलाडीहरूले बङबन्धुकाे उपाधि जितेर निराश बनेका नेपाली समर्थकमा हाैसला थपेका थिए।

घरेलु प्रतिस्पर्धाहरू


जुनसुकै खेलकाे विकासका लागि घरेलु प्रतियाेगिताहरूकाे भूमिका महत्वपूर्ण हुन्छ। नयाँ प्रतिभालाई अवसर तथा भएका खेलाडीहरूलाई म्याच एक्साेजर दिने लगायत थुप्रै कारणले घरेलु प्रतियाेगिताहरूकाे महत्व हुने गर्छ। सन् २०१६ मा पनि देशभरि विभिन्न घरेलु प्रतियाेगिताहरूकाे अायाेजना भए। जनवरी १९ देखि पाेखरामा अाहा रारा गाेल्डकपकाे अायाेजना भयाे। मनाङ मस्याङ्दी क्लबले त्रिभुवन अार्मीलाई १-० ले पराजित गर्दै उपाधि हात पार्याे। मनाङ मर्स्याङदीले पाँच लाख एक हजार एक तथा उपबिजेता टिम त्रिभुवन आर्मी क्लबले दुई लाख ५१ हजार रूपैयाँ पुरस्कार पायाे ।

त्यस्तै, यसै वर्ष फेब्रुअरीकाे मध्यमा सुरू भएकाे विराट गाेल्डकाे उपाधी नेपाल पुलिस क्लबले जित्याे भने साेही महिना भएकाे बुढासुब्बा गाेल्डकपकाे उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पार्याे। त्यस्तै, वर्षकाे अन्त्यतिर नाेभेम्बरमा भएकाे सुरूङ्गा गाेल्डकपमा सशस्त्र प्रहरीकाे एपीएफले सहारा क्लबलाई ट्राइबेकरमा ५-३ गाेल अन्तरले पराजित पार्दै ३ लाख ५१ हजार हात पार्याे।

यता क्रिकेटतर्फ नेपाली क्रिकेट इतिहासमै पहिलाे पटक क्रिकेटकाे सहरका रूपले परिचित धनगढीले पहिलाेपटक अक्सनमा अाधारित भएर धनगढी क्रिकेट लिग (डिसिएल) काे अायाेजना गर्याे। पहिलाेपटक राष्ट्रिय तथा स्थानिय खेलाडीहरू अक्सनमा रहे। कैलाली जिल्लाका स्थानीय पाँच स्थानकाे नाममा टिमकाे नामाकरण टिमकाे नाम राखियाे। त्यस्तै, वर्षकाे मध्यमा काठमाडाैंमा नेपाल प्रिमियर लिगकाे टी-२० संस्करण सम्पन्न भयाे। यु-१९ का अाशिफ सेख उदाएकाे प्रतियाेगिता त्यही थियाे। प्रतियाेगितामा एकमात्र शतक लगाउने प्लेयर उनी हुन्। साेही प्रदर्शनले उनलाई युथ एसिया कपमा सहभागिताका लागि बाटाे खुल्याे। 

साेही शैलीलाई निरन्तरता दिँदै अायाेजक धनगढी क्रिकेट एकेडेमीले डिसेम्बर १४ मा धनगढी प्रिमियर लिग (डिपीएल) काे अायाेजना गर्ने घाेषणा गर्याे। जुन नेपाली घरेलु क्रिकेटमा अाजसम्मै सबैभन्दा ठूलाे क्रिकेट प्रतियाेगिता बन्नेछ। देशभरका अधिकतम् ६ वटा सहरबीच प्रतिस्पर्धा गराउने भनिएकाे प्रतियाेगितामा खेलाडीहरूकाे दर्ता गरी अक्सनमा सहभागी गराइने अायाेजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताएका छन्। अक्सनमा राष्ट्रिय टोलीका खेलाडीहरुलाई ५० हजार, यू-१९ राष्ट्रिय खेलाडी र पूर्वराष्ट्रिय खेलाडीका लागि ३० हजार र बाहेकका खेलाडीका लागि २० हजार न्यूनतम मूल्य तोकिएको छ। यसमा बढाबढ गरेर खेलाडी किन्न सकिने अायाेजकले जनाएकाे छ। प्रतियाेगिताकाे बिजेताले १५ लाख तथा उपबिजेताले सात लाख पाउने घाेषणाले पनि प्रतियाेगितालाई बहुप्रतिक्षित बनाएकाे छ। 

क्यान विवाद

यस वर्ष मिडियामा छाइरहेकाे अर्काे घटना हाे, नेपाली क्रिकेटकाे सर्वाेच्च निकाय (क्यान) काे विवाद। २०१५ काे डिसेम्बरमा चतुरबहादुर चन्दकाे अध्यक्षतामा क्यानकाे निर्वाचन गरिएकाे थियाे। आफ्नो स्वीकृतिबिना चुनाव गरेका कारण राष्ट्रिय खेलकुद परिषदले त्यसलाई मान्यता दिएन। परिणामस्वरूप २०१६ काे जनवरी पहिलाे साता राष्ट्रिय खेलकुद परिषदले रमेश सिलवालको अध्यक्षतामा अर्को क्यान गठन गर्याे। त्यसविरुद्व निर्वाचित क्यानले सर्वोच्च अदालतमा मुद्दा हालेको थियो, जसको अझै फैसला भएको छैन।

क्यानमा राजनीतिक हस्तक्षेप तथा विवाद समाधानतर्फ उन्मुख नभएकाे भन्दै अाइसीसीले अप्रिल अन्तिम साता क्यानलाई निलम्बन गर्याे। जसले नेपाली क्रिकेट समर्थक, खेलपदाधिकारी, खेलाडी तथा खेलप्रेमी नेपालीलाई स्तब्ध पार्याे। त्यसअघि आइसीसीले फितलो व्यवस्थापनका कारण क्यानलाई सन् २०१४ को अन्त्यदेखि दिने लगभग सबैखाले अनुदान रोक्का गर्दै आएको थियाे। यतिञ्जेल झण्डै १० लाख डलरभन्दा बढी अाइसीसीले दिने अनुदान उसले राेकेकाे छ।

सेप्टम्बर पहिलाे साता क्यानको विवाद स्थिति बुझ्न आइसीसी का प्रमुख कार्यकारी अधिकृत डेभ रिचर्डसनसहितकाे टाेली नेपाल अायाे। उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल, खेलकुद मन्त्री दलजीत श्रीपाली, राखेप सदस्य सचिव केशव विष्टलगायतसँग भेट गरे। त्यस्तै, दुबै क्यानका प्रतिनिधीहरूसँग पनि छुट्टाछुटै वार्ता गरे।

साेही भम्रणकाे फलस्वरूप क्यानलाई क्रिकेट बाेर्डमा परिणत गर्ने कुरा अगाडि अायाे। विवाद समाधानका लागि अाइसीसीकाे मातहतमा सल्लाहकार समिति बन्ने निर्णयसँगै नाेभम्बर तेस्राे साता विनयराज पाण्डे र वसन्त चाैधरीकाे संयाेजकत्वमा साे सल्लाहकार समिति बनाए पनि त्यसले हालसम्म केही काम गरेकाे देखिन्न।

यु १९ विश्वकप

वर्ष २०१६ नेपाली क्रिकेटका लागि अाैसत रह्याे। बर्षकाे सुरूवातमै जनवरी अन्तिम साताबाट बंगलादेशमा सुरू भएकाे यु-१९ विश्वकपमा नेपालले १५ वर्षपछि क्वाटरफाइनलमा स्थान बनायाे। सन् २०१० र २०१४ बाहेकका हरेक संस्करणको विश्वकप खेल्दै आएको नेपाल क्वाटरफाइनल पुगेको भने २००० पछि पहिलोपटक हो। नेपालले पहिलो खेलमा टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डलाई ३२ रनले हराएको थियो भने दोस्रो खेलमा आयरल्याण्डविरूद्धको खेलमा ८ विकेटले जित हात पारेको थियाे।

अायरल्याण्डविरूद्धकाे म्याचमा ह्याट्रिक लिएपछि विश्व क्रिकेटमा सन्दीप चर्चाका विषय बने। आफ्नो दोस्रो अन्तर्राष्ट्रिय म्याच खेलिरहेका सन्दीपले ह्यट्रिक लिएका थिए। यु-१९ विश्वकपमा नेपालका लागि हृयाट्रिक लिने उनी पहिलो र एकमात्र नेपाली बलर बने। अन्डर-१९ विश्वकप इतिहासमा सन्दीपको ह्याट्रिक पाचौँ थियाे। त्यसअघि सन् २००० मा वेस्ट इन्डिजका जेमाइन लसन, २०१० मा बंगलादेशका कामरुल इस्लाम रब्बी, २०१२ मा अस्ट्रेलियाका ह्यारी कोनवे र २०१४ मा भारतका कुलदीप यादवले ह्याट्रिक लिएका थिए। अस्ट्रेलियाका ह्यारीले लिएको ह्याट्रिक नेपालविरूद्ध थियो।

प्रतियाेगिता पश्चात सन्दीप अाइसीसीले घाेषणा गरेकाे ‘फ्युचर स्टार’ काे सूचीमा परे। प्रतियाेगितामा कुल १४ विकेट लिएका सन्दीप उक्त प्रतियाेगितका दाेस्राे सबैभन्दा बढी विकेट लिने खेलाडी हुन्।

१२ अाैं साग

फेब्रअरी पहिलाे साता भारतकाे गुवाहटी र सिलाेङमा सुरू भएकाे १२ अाैं दक्षिण एसियाली खेलकुद प्रतियाेगितामा नेपालले केही अाशा र केही निराशा बाेक्दै पूर्णविराम लगाए। प्रतियाेगितामा नेपालले तीन स्वर्ण २३ रजत र ३३ कास्यपदक जित्याे।

१२ अाैं सागमा फुटबलमा भारतलाई पराजित पार्दै जितेकाे स्वर्ण र गाैरिका सिंहकाे प्रदर्शनले खुबै चर्चा पायाे। पाैडीमा व्यक्तिगततर्फ १४ वर्षीया जलपरी गौरिका सिंहले सागको इतिहासमा पहिलोपटक व्यक्तिगत स्पर्धामा चार वटा पदक दिलाइन्। गौरिकाले एक रजत र तीन कास्य जितेर एकै प्रतियोगितामा धेरै पदक जित्ने नेपाली खेलाडीको कीर्तिमान पनि बनाइन् ।

नेपालले पाएका तीन स्वर्णमध्ये एक उसु थियाे। निमा घर्तीमगरले थाउलाेतर्फ स्वर्ण जितिन् भने उसुमा सहभागी १४ मध्ये १२ खेलाडीले पदक जितेका थिए। जुडाेमा ६३ केजीमुनि तौल समूहमा नेपालकी फुपू ल्हामु खत्रीले स्वर्ण जितेकी थिइन्। जुडाेकाे अन्य स्पर्धामा नेपालले १ रजत र ३ कास्य पायाे।

भारतलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेको जित्याे। जुन सन् २०१६ मा सर्वाधिक चर्चित नेपाली खेलकुद समाचार बन्याे। भारतलाई २-१ गोल अन्तरले गर्दै नेपालले इतिहास रचेकाे थियाे। त्यसअघि नेपालले सन् १९८४ र १९९३ मा स्वर्ण जितेको थियो।

विश्व क्रिकेट लिग च्याम्पियनसिप

अप्रिल तेस्राे हप्ताकाे सुरूमै सिनियर क्रिकेट टाेलीले त्रिभुवन विश्वविधालयकाे मैदानमा नामिवियाविरूद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेल खेल्याे। घरेलु समर्थककाे उत्साहप्रद सहभागिता रहेकाे प्रतियाेगितामा नेपालले दुबै खेल जित्दै सन् २०१८ मा बङ्गलादेशमा हुने अाइसीसी विश्वकप छनाैट खेल्ने अवसर मजबुद बनाए। तर, अगष्ट दाेस्राे हप्ता नेदरल्याण्डसँग भएका दुई खेलमा १ मा जित र अर्काेमा हार व्यहाेरेपछि  नेपाली टाेलीकाे विश्वकप छनाैट खेल्ने सम्भावना कठीन बनेकाे छ। च्याम्पियनसिपकाे केन्यासँगकाे खेल भने नेपालले अागामी मार्च ११ र १३ तारिखमा त्रिवि मैदानमै खेल्ने टुंगाे लागिसकेकाे छ। 

खेलकुद पत्रकार मञ्च र स्पाेर्टस अवार्ड 

मे महिनाकाे पहिलाे साता देशभरका खेलकुद पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले महेश आचार्यकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्याे। उक्त नयाँ कार्यसमितिले जुलाई तेस्राे साता खेलकुद क्षेत्रकै सबैभन्दा प्रतिष्ठित अवार्ड, पल्सर स्पोर्टस अवार्डको १२औं संस्करणकाे अायाेजना गर्याे। अवार्डमा नेपाली फुटबलकाे बर्चस्व रह्याे। नेपाली फुटबल टिमले पल्सर स्पोर्टस अवार्डका नौ मध्ये ६ अवार्ड हात पार्याे।

वर्षको उत्कृष्ट खेलाडी नवयुग श्रेष्ठ, उत्कृष्ट युवा खेलाडी अन्जन विष्ट, उत्कृष्ट प्रशिक्षक बालगाेपाल महर्जन, लाइफटाइम एचिभमेन्ट अवार्ड श्रीराम रञ्जितकार, र स्पेसल अवार्ड स्वर्गीय ललितकृष्ण श्रेष्ठले पाए। जाे सबै फुटबल क्षेत्रसँग सम्बधित थिए। त्यस्तै, उत्कृष्ट महिला खेलाडीकाे अवार्ड फुपू ल्हामू खत्रीले जितिन् भने पिपुल्स च्वाइस अवार्डमा टेवलटेनिसकी नविता श्रेष्ठले धेरै समर्थकको मत पाइन्। त्यस्तै, उत्कृष्ट पारा एथ्लिट अवार्डमा पारा तेक्वान्दोकी सीता भण्डारी चुनिइन् ।

रियाे अाेलम्पिकमा नेपाली प्रदर्शन

अगस्ट ५ बाट ब्राजिलकाे रियाेमा अाेलम्पिक २०१६ काे सुरूवात भयाे। नेपालबाट पाँच खेलका सात खेलाडीले सहभागीता जनाए। तीमध्ये पौडीतर्फ शिरिष गुरुङ र गौरिका सिंह, जुडोबाट फुपुल्हामु खत्री, आर्चरीमा जितबहादुर मोक्ताङ, तेक्वान्दोतर्फ निशा रावल, एथ्यलेटिकमा हरिकुमार रिमाल थिए। 

अाेलम्पिकमा नेपालकाे सहभागिता अाैपचारिकता मात्र रह्याे। जुडाेकी फुपू ल्हामु तथा तेक्कान्दाेकी निशा रावल पहिलो चरणबाटै बाहिरिए, धावक हरिकुमार रिमालले राष्ट्रिय कीर्तिमान समेत राख्न सकेनन्। तर, पाैडीकी गाैरिका सिंह भने चर्चामा रहिन्, उनी चर्चामा रहनुकाे कारण थियाे - अाेलम्पिकमा सहभागी उनी सबैभन्दा कान्छी खेलाडी। अाेलम्पिकमा सहभागी हुँदा उनी भर्खर १३ वर्षकी मात्र थिइन्। साेही उमेरमा उनले सात वटा राष्ट्रिय कीर्तिमान बनाइसकेकी थिइन्। तर, अाेलम्पिकमा भने उनीले निर्धारित दुरी १ मिनेट ८.४५ सेकेण्डमा पार गरिन् जसले उनलाई ३१ औं नम्बरमा पार्याे। उनी दोस्रो राउण्डमा छनौट हुन उनी ८ सेकेण्डले पछि परिन्।

सन्दिप, अष्ट्रेलिया र माइकल क्लार्क

सेप्टम्बर पहिलाे साता नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्टार सन्दीप लामिछानेलाईअष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले अष्ट्रेलिया यात्रा निश्चित गरे। त्यसकाे दुई सातापछि सन्दीप अष्ट्रेलिया उडे। अष्ट्रेलिया विमानस्थलमा क्लार्क अाफैं उनलाई लिन विमानस्थलमा पुग्नु अनि उनलाई अाफ्नाे क्लब वेष्ट्रन सर्वस् क्लबबाट खेल्ने अवसर जुटाउनु याे वर्षकाे नेपाली खेलकुदमा सबैभन्दा बढी समाचार बनेकाे विषय हाे।

अष्ट्रेलियाबाट दुई महिनापछि फर्किएका सन्दीप श्रीलंकामा डिसेम्बरमा हुने यु-१९ युथ एसिया कपकाे क्याम्पमा सहभागिता जनाए र पछि उनी यु-१९ नेपाली क्रिकेट टाेलीकाे कप्तान घाेषित भए। कोलम्बोमा श्रीलंकासँग पहिलाे खेलमा नेपाल एक रनले पछाडि पर्‍यो। दोस्राे खेलमा भारतसँग ६ विकेटले पराजित भएपछि नेपाल प्रतियाेगिताबाट बाहिरियाे अन्तिम खेलमा मलेसियासँग एक विकेटकाे जित निकाल्दै नेपालले युथ एसियाकपकाे यात्रा टुंग्यायाे।

एड्भेन्चर्स अफ द इयर : मीरा राई

नाेभेम्बर पहिलाे साता नेपाली अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्राफी च्यानलले हरेक वर्ष वितरण गर्ने एड्भेन्चर्स अफ द इयर अवार्डको मनोनयनमा परिन्। १२औं एड्भेन्चर्स अफ द इयर अवार्डका लागि नेशनल जियोग्राफीले विश्वभरका साहसी खेलसँग आवद्धहरूमध्ये १० जनालाई मनोनयन गरेको थियाे। विश्वभरबाट आउने भोटको आधारमा बिजेता घोषणा गरिने छ। यसअघि भोजपुरकी मीराले दुई वर्षदेखि अल्ट्रा रनरको रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा निक्कै सफलता पाएकी छिन्।

एएफसी साेलिडारिटी कप 

यस वर्ष नेपाली फुटबलले दिलाएकाे अर्काे उपाधि हाे, एएफसी साेलिडारिटी कप। मलेसियामा भएकाे प्रतियाेगिताकाे फाइनलमा मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको हाे। याेसँगै नेपालले नेपालले अन्तर्राष्ट्रिय प्रतियाेगितामा ह्याट्रिक गर्याे। यसअघि बंगबन्धु र सागकाे उपाधि उचालेकाे नेपालले महादेशीय उपाधि उचालेकाे भने याे पहिलाे पटक हाे। 

थ्रीस्टार प्रकरण

अखिल नेपाल फुटबल संघ (एन्फा)को चरम लापरबाहीका कारण थ्रीस्टार क्लब एएफसी कप क्वालिफायर खेल्नबाट बञ्चित भएकाे समाचारले नेपाली फुटबललाई निकै ततायाे। एन्फाले समयमै सहभागिता सम्बन्धी पत्र नपठाइदिएका कारण थ्रीस्टारले प्रतियोगिता खेल्न नपाउने थियाे। एएफसीले सहभागिता सुनिश्चित गर्न पटक-पटक पत्राचार गर्दासमेत एन्फाले चासाे नदेखाएका कारण राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टारले ठूलाे क्षति व्यहाेर्नु पर्याे।

एन्फाकाे गम्भीर लापरबाहीले तयारीमा लाखाैं खर्च गरे पनि सहभागिता जनाउन नपाएकाे अाराेपमा थ्रीस्टारले एन्फाससँग ६ कराेड क्षतिपूर्ति माग्याे। चाैतर्फी अालाेचनापछि एन्फाले छानविन समिति त बनायाे तर थ्रीस्टारले त्याे छानविन समिति स्वीकार गरेकाे छैन।

राष्ट्रिय खेलकुद र साफ महिला च्याम्पियनसिप

डिसेम्बर अन्तिम साता पूर्वाञ्चलमा तामझामका साथ साताैं राष्ट्रिय प्रतियाेगिताकाे सुरूवात भयाे। सात दिन चलेकाे प्रतियाेगितामा विभागीय टाेली नेपाल अार्मीले १ सय १३ स्वर्ण, ६४ रजत, ४८ कास्यसहित जम्मा २ सय २५ पदकका साथ शीर्ष स्थान हात पार्याे भने एपीएफ १ सय ५६ पदकका साथ दाेस्राे, तथा नेपाल प्रहरी १ सय १९ पदकका साथ तेस्राे स्थानमा रह्याे। अाठाैं खेलकुद २०७५ सालमा मध्यपश्चिमाञ्चलमा अायाेजना गर्ने घाेषणासहित साताैं खेलकुदले बिट मारिसकेकाे छ। 

त्यस्तै, भारतमा जारी चाैथाे साफ महिला च्याम्पियनसिपमा नेपाली महिला टाेलीले लगातार राम्राे प्रदर्शन जारी राखेकाे छ। सेमिफाइनलमा प्रवेश गरिसकेकाे नेपाली महिला टाेलीले समूह चरणका तीनवटै खेलमा जित निकालेकाे छ। 


 

More form the Internet

loading...