Suvadin, Home

युएईविरुद्ध हुने खेलका लागि राष्ट्रिय क्रिकेट टाेलीकाे घाेषणा

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत यूएईबिरुद्ध हुने खेलका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय टोलीमा नरेश बुढायर र अनिल मण्डल पनि राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षणमा परेका छन्।
नेपाली क्रिकेट टाेली। फाइल तस्वीर

काठमाडौं, मंसिर ६ – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत यूएईबिरुद्ध हुने खेलका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय टोलीमा नरेश बुढायर र अनिल मण्डल पनि राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षणमा परेका छन्।

चोटका कारण भेट्रान अलराउण्डर मेहबुब आलम र शौरभ खनालले नाम फिर्ता लिएका छन्। दोस्रो चरणको बन्द प्रशिक्षणका लागि बुधबार २० सदस्यीय टोली घोषणा गरिएको छ। पहिलो चरणको बन्द प्रशिक्षणमा रहेको राष्ट्रिय टोलिमा नरेश बुढायर, अनिल मण्डल, सुसन भारी, विक्रम शोव र सुनिल धमला राष्ट्रिय टिममा नअटाएका हुन्।

सुसन भारीले हङकङविरुद्धको पहिलो खेलमा स्थान पाएका थिए र नरेशलाई शरद भेषावकरको स्थानमा टिममा बोलाइएको थियो। तर, दोस्रो खेल वर्षाले नहुँदा उनी खेल खेल्नबाट वञ्चित भएका थिए।

बन्द प्रशिक्षणमा रहेका महबुव र शौरभ चोटका कारण टिममा सामेल गरिएका छैनन्। कप्तान पारस खड्का नेतृत्वको टिममा ज्ञानेन्द्र मल्ल, शरद भेष्वाकर, विनोद भण्डारी, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, सागर पुन, करण केसी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेलाई समावेश गरिएको छ।

जितेन्द्र मुखिया, आरिफ शेख, अनिलकुमार साह, दिलीप नाथ, हसिम अन्सारी, कुशल भुर्तेल र सुशील कँडेललाई पनि टिममा समावेश गरिएको छ।


 

More form the Internet

loading...