Suvadin, Home

नेपाल भर्सेस माल्दिभ्स : सेमिफाइनल लडाइँ अाज

कप्तान रेनुका नगरकाेटीले माल्दिभ्ससँगकाे विगतकाे इतिहास तथा अहिलेकाे अाफूहरूले निकै सुधार गरेकाले सहजै माल्दिभ्सकाे चुनाैती पार गर्ने विश्वास व्यक्त गरिन्। समूह ए दुबैकाे समान ३ अंक भए पनि गाेल अन्तरका अाधारमा नेपाल पहिलाे र माल्दिभ्स दाेस्राे स्थानमा छ।
माल्दिभ्ससँग खेलअगाडि अभ्यास गर्दै नेपाली टोली।

काठमाडाैं, पुस १२


भारतकाे सिलगढीमा जारी साफ महिला च्याम्पियनसिपकाे दाेस्राे खेलमा अाज (बुधबार) नेपालले माल्दिभ्सकाे सामना गर्दैछ। खेल नेपाल र माल्दिभ्स दुबैका लागि निकै महत्वपूर्ण छ। खेल जित्ने टिम प्रतियाेगिताकाे सेमिफाइनलमा प्रवेश गर्नेछ।

समूह ए मा रहेकाे नेपाल र माल्दिभ्सबीचकाे खेल कञ्चनजंघा स्टेडियममा बेलुका साढे ६ बजे सुरू हुनेछ। दुबै टिमले समान एक-एक खेल जितेका छन्। नेपालले अाफ्नाे पहिलाे खेलमा भुटानलाई ८–० ले पराजित गरेकाे थियाे भने माल्दिभ्सले श्रीलंका माथि ५–२ काे जित निकालेकाे थियाे।

नेपालले पहिलो साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई ६–० ले पराजित पारेकाे थियाे भने भारतको सिलोङमा गत वर्ष सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद सागमा माल्दिभ्सलाई दोस्रो खेलमै २-० ले पाखा लगाएकाे थियाे ।

प्रशिक्षक कुमार थापाले माल्दिभ्सले अाफुहरू जितका लागि खेल्ने बताएका छन् ‘हाम्राे लक्ष्य माल्दिभ्सलाइ पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का बनाउने हाे,’ प्रशिक्षक थापाले भने, ‘हामी त्यसका लागि पूर्ण रूपमा तयार छाैं।’ भुटानमाथि फराकिलाे जित दर्ता गरेकाले पनि नेपाली टाेलीकाे अात्मविश्वास बलियाे छ।

माल्दिभ्सविरूद्धकाे खेलमा नेपाली टाेलीमा परिवर्तन अाउनसक्ने प्रशिक्षक थापाले बताए। ‘हामीले १० दिनमा ५ खेल खेल्दैछाैं। त्यसैले, खेलाडीहरूमा कुनै किसिमकाे थकान महसुस नहाेस् भन्ने अभिप्रायले खेलाडीहरूमा परिवर्तन ल्याउनु अावश्यक छ,’ उनले भने।

कप्तान रेनुका नगरकाेटीले माल्दिभ्ससँगकाे विगतकाे इतिहास तथा अहिलेकाे अाफूहरूले निकै सुधार गरेकाले सहजै माल्दिभ्सकाे चुनाैती पार गर्ने विश्वास व्यक्त गरिन्। समूह ए दुबैकाे समान ३ अंक भए पनि गाेल अन्तरका अाधारमा नेपाल पहिलाे र माल्दिभ्स दाेस्राे स्थानमा छ।


 

More form the Internet

loading...