Suvadin, Home

यु-१९ एशिया कप क्रिकेट
सन्दीप लामिछानेकाे अाक्रामक बलिङसामु मलेशिया निरीह, नेपाल ८ विकेटले विजयी

एसिसी यु–१९ एशिया कपअन्तर्गत मंगलबार भएको खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ। नेपालले मलेशियालार्इ ८ विकेटले पराजित गरेकाे हाे।
यु-१९ नेपाली क्रिकेट टाेली।

काठमाडौं, कात्तिक २८ – एसिसी यु–१९ एशिया कपअन्तर्गत मंगलबार भएको खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ। नेपालले मलेशियालार्इ ८ विकेटले पराजित गरेकाे हाे।

मलेशियाले नेपाललाई ४६ रनको लक्ष्य नेपालले ५ दशमलव ३ ओभरमा २ विकेट गुमाएर पूरा गरेकाे हाे। मलेशियाको बायाेमास ओभलमा वर्षाले प्रभावित खेलमा पहिले ब्याटिङ गरेको घरेलु टिम १५ दशमलव ३ ओभरमा ४५ रनमा अलआउट भयो। 

मलेशियालाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए। साथै नेपाली बलिङलाई सशक्त सावित गर्दै साहव अलाम र कप्तान दीपेन्द्रसिंह ऐरीले २–२ विकेट हात लिए।

त्यस्तै अनिलकुमार साहले १ विकेट लिए। नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। खेल वर्षाले प्रभावित भएपछि २४ ओभरमा घटाइएको थियो। नेपालको ब्याटिङतर्फ अनिल कुमारले नटआउट सर्वाधिक २६ रन बनाए। त्यस्तै दीपेन्द्रसिंह एेरीले १२, मोहम्मद अाशिफले ४ र भीम सार्कीले नटआउट ३ रनकाे याेगदान दिएका छन्।


 

More form the Internet

loading...