Suvadin, Home

नेपाल र आयरल्याण्डबीचको खेल सुरु, बलिङ् गर्दै नेपाल

काठमाडौं । टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले आज आयरल्याण्डसँग खेलिरहेको छ । पाँच राष्ट्र सहभागी सिरिजको तेस्रो खेलमा टेष्ट राष्ट्र आयरल्याण्डविरुद्ध पहिले बलिङ गरिरहेको छ ।

ओमान सिरिजमा लगातार दुई खेल जितेको नेपालले आयरल्याण्डको सामना गरिरहेको छ । अल अम्रेट क्रिकेट मैदानमा नेपाल आयरल्याण्डबीचको खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुँदैछ । आयरल्याण्ड नेपालभन्दा बलियो टोली मानिन्छ ।

टि–ट्वान्टी क्रिकेटमा आयरल्याण्डले बलिया टेष्ट राष्ट्रहरुलाई मात दिइसकेको भए पनि जारी सिरिजमा दुई खेलमा एकमा हार बेहोरिसकेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्याण्ड्समाथि चमत्कारिक जित निकालेको थियो ।

नेपाल आज तेस्रो जितको खोजीमा हुनेछ । नेपालले आज आयरल्याण्डलाई पराजित गर्न सके टेष्ट मान्यताप्राप्त राष्ट्रमाथिको पहिलो ऐतिहासिक जित हुनेछ । हालसम्म नेपालले टेष्ट राष्ट्रलाई हराउन सकेको छैन ।


 

More form the Internet

loading...