Suvadin, Home

न्यू जावालाखेल तेक्वान्दो डोजाङद्वारा ३० प्रशिक्षार्थीको ग्रेडिङ 

न्यू जावालाखेल तेक्वान्दो डोजाङको ग्रेडिङ परीक्षा सम्पन्न भएको छ। तेक्वान्दो खेलमा आफ्नो विशिष्ठ पहिचान बनाँउदै आएको डोजाङले सोमबार एक कार्यक्रमकाबीच ३० प्रशिक्षार्थीको ग्रेडिङ सम्पन्न गरेको हो।
न्यू जावालाखेल तेक्वान्दो डोजाङका प्रशिक्षार्थीहरू।

ललितपुर, कात्तिक २७– न्यू जावालाखेल तेक्वान्दो डोजाङको ग्रेडिङ परीक्षा सम्पन्न भएको छ।

तेक्वान्दो खेलमा आफ्नो विशिष्ठ पहिचान बनाँउदै आएको डोजाङले सोमबार एक कार्यक्रमकाबीच ३० प्रशिक्षार्थीको ग्रेडिङ सम्पन्न गरेको हो।

कार्यक्रमा डोजाङ्ग प्रमुख थानेश्वर दर्लामी मगर, प्रशिक्षक निरोज गौतम र ज्ञान बहादुरको उपस्थिति रहेको थियो। 

उनीहरुकै उपस्थितिमा डोजाङ्गका ३० खेलाडीको पेटी परिवर्तन गरिएको हो। गे्रडिङ हुने ३० प्रशिक्षार्थीहरुमध्य सेतो, पहेलो, पहेलो हरियो र हरियो पेटी रहेको क्लबले जनाएको छ। यस्तै, सो परीक्षामा उत्कृष्ट खेलाडीलाई क्लबले सम्मान समेत गरेका छ।

उत्कृष्ठ खेलाडी देबेन्द्र थिङ ,जिया घिसिङलाई प्रशिक्षक निरोज गौतमले टिर्सट प्रदान गरेका थिए । न्यू जावालखेल तेक्वान्दो डोजाङमा दर्जनभन्दा बढी मेडल विजेता खेलाडीहरु रहेका छन्। 

क्लबले तेक्वान्दो खेलमा आफ्नो उत्कृष्ठ खेल प्रदर्शन गर्दै विभिन्न पदक समेत हात पार्दै आएको छ । यसका अलवा क्लवले सामाजिक क्षेत्रमा समेत सक्रियता जनाउँदै आएको छ।


 

More form the Internet

loading...