Suvadin, Home

न्युजिल्याण्डद्‍वारा अफगानिस्तान ७ विकेटले पराजित

एजेन्सी । न्युजिल्याण्डले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार तेस्रो जित दर्ता गरेको छ । 

शनिबार राति भएको खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै न्युजिल्याण्डले अपराजित यात्रा कायम राखेको हो ।

अफगानिस्तानले दिएको १७३ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले ३२ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

न्युजिल्याण्डको जितमा कप्तान केन विलियमसनले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका केनले ७९ रन बनाए । यस्तै रोस टेलरले ४८ तथा कोलिन मुन्रोले २२ रन बनाए । टम लाथमले अविजित १३ रन जोडे ।

अफगानिस्तानका आफ्तब आलमले ३ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४१ ओभर १ बलमा अलआउट हुँदै १७२ रन बनाएको थियो ।

अफगानिस्तानका लागि हास्मतउल्लाह साहिदीले सर्वाधिक ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हज्रतउल्लाह जजाईले ३४ तथा नुर अली जड्रानले ३१ रन बनाए ।

न्युजिल्याण्डका जेम्स निशमले ५ विकेट लिए । यस्तै लोकी फेर्गुसनले ४ विकेट लिए । 

जितसंगै न्युजिल्याण्डले ३ खेलबाट ६ अंक जोडेको छ । न्युजिल्याण्ड तालिकाको शीर्ष स्थानमा रहेको छ ।

अफगानिस्तानको यो लगातार तेस्रो हार हो । ३ खेलमा अंक जोड्न नसकेको अफगानिस्तान पुछारमा रहेको छ ।


 

More form the Internet

loading...