Suvadin, Home

यस्ताे छ फिफा वर्ष टिम, नेयमार परेनन्

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले साेमबार राति स्वीजरल्याण्डकाे ज्युरिचमा एक भव्य समाराेहका बीच फिफा वर्ष २०१६ को घाेषणा गरेकाे छ। फुटबल क्षेत्रका उत्कृष्टहरूलार्इ विशेष सम्मान (अवार्ड) दिर्इएकाे समाराेहमा विश्वका उत्कृष्टहरू खेलाडीहरूलार्इ समेटी  ‘द फिफा फिफप्रो वर्ल्ड इलाभेन २०१६’ सार्वजनिक गरिएकाे हाे। 

काठमाडाैं, पुस २६

फिफाले सार्वजनिक गरेकाे वर्ष टिममा भने ब्राजिली फुटबलका हस्ती नेयमार भने अँटाएन्। बार्सिलाेनाका उनका सहकर्मीहरू लिअाेनल मेसी र लुइस स्वारेज भने टिममा छन्। त्यस्तै, रियल मड्रिडका क्रिस्टियानाे राेनाल्डाेकाे पनि पूर्वअनुमान गरेझै टिममा परे। साेही कार्यक्रममा घाेषणा गरिएकाे विश्वकाे उत्कृष्ट फुटबलरकाे अवार्ड राेनाल्डाेले जितेका थिए। 

फिफाले सार्वजनिक गरेकाे वर्ष टिमकाे खेलाडीहरूकाे सूचीमा एउटा अचम्म के छ भने विश्वकाे प्रतिष्ठित तथा बहुचर्चामा रहने इङलिस प्रिमियर लिगका खेलाडीहरू भने वर्ष टिममा अँटाएनन्। वर्ष टिममा ५ खेलाडी बार्सिलाेनाबाट तथा ५ खेलाडी रियल मड्रिडबाट राखिएकाे छ। गाेलकिपर भने वार्यन म्युनिखका छन्। 

फिफाले सार्वजनिक गरेकाे वर्ष टिममा म्यानुएल नुएर (गाेलकिपर), डानी एल्वेस, जेराड पिके, सर्जियो रामोस मार्सेलो, लुका मोड्रिक, टोनी क्रस, आन्द्रेस इनिएस्ट, लियोनल मेस्सी, लुइस स्वारेज र क्रिष्टियानो रोनाल्डो रहेका छन्।

More form the Internet

loading...