Suvadin, Home
Nepal life 2.601M

नेयमारले देखाए प्रिमियर लिग टोलीमा भित्रिने संकेत

यो विश्व फुटबलकै उत्कृष्ट र ठूलो प्रतियोगिता हो। भविष्यको बारेमा मलार्इ थाहा छैन। तर मलार्इ लाग्छ हरेक उत्कृष्ट खेलाडीले कम्तिमा एकपटक प्रिमियर लिग खेल्नुपर्छ। यदि तिमी प्रिमियर लिग खेलिरहेका छाैँ भने तिमी रमाइरहने छाैँ भन्ने म अाशा गर्न सक्छु। किनकी तिमीले त्यहाँ माया र स्नेह पाउछाैँ।

एजेन्सी, २१ मंसिर – ब्राजिल र पेरिस सेन्ट जर्मेन पिएसजी स्टार फर्वार्ड नेयमारले भविष्यमा इङ्ल्याण्डमा खेल्ने चाहना भएको बताएका छन्। नेयमारले भविष्यमा कुनै बेला प्रिमियर लिग खेल्न सक्ने संकेत गरेका गर्दै भने, ‘हरेक उत्कृष्ट खेलाडी कम्तिमा एकपटक प्रिमियर लिग खेल्नुपर्छ।’

नेयमारलार्इ पछिल्लो सिजनदेखि प्रिमियर लिग टोली म्यानचेस्टर सिटी र यूनाइटेड मध्ये कुनै टोलीमा जान सक्ने अनुमान गरिदैँ अाएको छ। २६ वर्षे स्टारलाई भित्राउन म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले चासो देखाएका थिए। बार्सिलोनाबाट गत वर्ष विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजी नेयमारको क्लबमा ५ वर्षका लागि सम्झौता भएको छ। यद्दपी प्रिमियर लिग टोलीका लागि सधै ढोका खुल्ला रहेको बताए।

सिटीका फुलब्याक बेन्जामिन मेन्डीले नेयमारलार्इ प्रिमियर लिग खेल्ने सम्भावनामा प्रश्न गर्दा नेयमारले भने, ‘ यो विश्व फुटबलकै उत्कृष्ट र ठूलो प्रतियोगिता हो। भविष्यको बारेमा मलार्इ थाहा छैन। तर मलार्इ लाग्छ हरेक उत्कृष्ट खेलाडीले कम्तिमा एकपटक प्रिमियर लिग खेल्नुपर्छ। यदि तिमी प्रिमियर लिग खेलिरहेका छाैँ भने तिमी रमाइरहने छाैँ भन्ने म अाशा गर्न सक्छु। किनकी तिमीले त्यहाँ माया र स्नेह पाउछाैँ।’

बार्सिलोनाबाट पिएसजी पुगेयता नेयमार उच्च फर्ममा छन्। उनले ४८ खेलमा ४३ गोल गरिसकेका छन्। गत सिजन उनी उत्कृष्ट लिग १ खेलाडी घोषित भए। यद्दपी चोटका कारण उनले गत सिजन पुरा लिग खेल्न सकेनन्। यस सिजन नेयमारले लिग १ मा ११ र क्लबका अन्य खेलमा १५ गोल गरिसकेका छन्।


 

More form the Internet

loading...