Suvadin, Home

'नेयमार विश्वकै उत्कृष्ट खेलाडी बन्नेछन्'

लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको बालोन डी ओरमा रहेको राजलाई नेयमारले तोड्नेमा भेराट्टी विश्वस्त छन्। सन् २००८ यता बालोन डी ओर मेस्सी र रोनाल्डोले नै जित्दै आएका छन्। त्यो निरन्तरतालाई नेयमारले भंग गर्ने धेरैले अपेक्षा गरेका छन्।

काठमाडाैं, २५ वैशाख – पेरिस सेन्ट जर्मेन पिएसजीका मिडफिल्डर मार्को भेराट्टीले टोलीका स्टार नेयमारको तारिफ गर्दै उनी केहि वर्षमा विश्वकै उत्कृष्ट खेलाडी हुने विश्वास व्यक्त गरेका छन्।

लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको बालोन डी ओरमा रहेको राजलाई नेयमारले तोड्नेमा भेराट्टी विश्वस्त छन्। सन् २००८ यता बालोन डी ओर मेस्सी र रोनाल्डोले नै जित्दै आएका छन्। त्यो निरन्तरतालाई नेयमारले भंग गर्ने धेरैले अपेक्षा गरेका छन्।

भेराट्टीले भने, ‘रोनाल्डो र मेस्सी अहिले पनि दाबेदार हुन्। तर, नेयमारको उनीहरु भन्दा ५ वर्ष कम छ। अहिले नै उनी उत्कृष्ट खेलाडी हुन्। आउने वर्षमा नेयमारले बालोन डी ओर जित्ने सम्भावना बढी छ।’

विश्वकै उत्कृष्ट खेलाडी बन्ने र उपाधि जित्न आवश्यक सबै गुण नेयमारमा रहेको उल्लेख गर्दै उनले थपे, ‘अबको तीन चार वर्षमा उनले रोनाल्डो र मेस्सीको ठाँउ लिनेछन्।'

नेयमारसँग एउटै टोलीमा खेल्न पाएकोमा उनले अाफैलार्इ भाग्यशाली ठानेका छन्। उनले भने, ‘उनी विश्वका उत्कृष्ट खेलाडी मध्ये एक हुन्। उनी हाम्रो टोलीका महत्वपूर्ण खेलाडी हुन्, यद्दपी हामी एउटै खेलाडीमा निर्भर हुँदैनौं। ‘यदि उनी चोटग्रस्त हुन्थेन टोलीले अझै उच्च प्रदर्शन गर्न सक्थ्यो। उनी हुँदा जित अझै सहज हुन्थ्यो।’

सिजनको शुरुवातमा बार्सिलोनाका विश्व कीर्तिमानी रकममा पिएसजी पुगेका नेयमार रियल म्याड्रिड जान सक्ने चर्चा पनि व्यापक रुपमा चलेको छ। यद्दपी नेयमार मैदान फर्केर विश्व कपमा केन्द्रित हुन चाहिरहेका छन्।


 

More form the Internet

loading...