Suvadin, Home

थ्रीस्टारलाई  क्षतिपूर्ति दिने विषयमा एन्फामा विवाद,  बैठक बस्न सकेन

थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा विवाद भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठक बस्दै नबसी  स्थगित भएको छ।  बैठक बिहीबारका लागि आह्वान गरिएको थियो, थ्रीस्टारलाई क्षतिपूर्ति दिने विषयमा सहमति नजुट्दा बैठक बस्न सकेन।
फाइल फाेटाे।

काठमाडाैं, साउन १२–थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा विवाद भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठक बस्दै नबसी  स्थगित भएको छ।

 बैठक बिहीबारका लागि आह्वान गरिएको थियो, थ्रीस्टारलाई क्षतिपूर्ति दिने विषयमा सहमति नजुट्दा बैठक बस्न सकेन।

एन्फाको लापर्बाहीका कारण गतवर्ष एएफसी कप फुटबल प्रतियोगिताको दोस्रो चरण खेल्न नपाएको थ्रीस्टारले दोषीमाथि कारबाहीसहित रु छ करोड माग गर्दै आएको छ। 
सोही विषयमा कुरा नमिलेपछि बुधबार बसेको बैठक बिहीबारसम्मका लागि स्थगित भएको थियो।

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले अर्को सूचना नआइन्जेलसम्मका लागि बैठक स्थगित गर्न निर्देशन दिएपछि बैठक स्थगित गरिएको बताए। 


 

More form the Internet

loading...