Suvadin, Home

Cover Image

एनएनआइपिए अवार्ड : सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं, १० पुस – नेपाल राष्ट्रिय तथा तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रदान गर्ने एनएनआइपिए अवार्डको लागि आदर्श समाज विकास केन्द्रले रु एक लाख प्रदान गर्ने भएको छ। 

सङ्घद्वारा आज आयोजित कार्यक्रममा संघका अध्यक्ष दीपक श्रेष्ठ र विकास केन्द्रकी अध्यक्ष सपना लामाले तीन वर्षका लागि वार्षिक एक लाखको दरले प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे।

उक्त सम्झौता अनुसार केन्द्रले एनएनआइपिए पत्रकारिता पुरस्कार रु २५ हजारसहित अन्य व्यवस्थापनका लागि कार्यक्रम प्रायोजना गर्नेछ। एनएनआइपिए स्पोर्ट्स अवार्ड ललितपुर सङ्ग्रहालयमा हुँदैछ। 

सोही अवसरमा राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले आयोजना गरेको राखेप च्याम्पियनसिपमा समावेश २९ खेलका एक/एक पुरुष/महिला खेलाडीलाई उत्कृष्ट खेलाडी अवार्ड प्रदान गरिनेछ। 

तिनै २९ खेलका उत्कृष्ट खेलाडीमध्येबाट सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीको चयन गरिनेछ। सो अवसरमा एक पाका खेलाडीलाई ‘गजराज जोशी आदर्श खेलाडी अवार्ड तथा एक खेल पत्रकारलाई ‘एनएनआइपिए खेल पत्रकारिता पुरस्कार’बाट सम्मानित गरिनेछ।

अन्तर्राष्ट्रिय जगतमा देशको नाम उच्च राख्न पसिना बगाउने खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यले उक्त अवार्ड कार्यक्रमको आयोजना गर्ने गरेको संघका अध्यक्ष दीपक श्रेष्ठले बताए।


 

More form the Internet

loading...