Suvadin, Home
Nepal life 3.285M

पूर्व खेलाडी सोल्सजर युनाइटेडको कार्यवाहक प्रशिक्षकमा नियुक्त

सोल्सजरले क्लबको तर्फबाट च्याम्पियन्स लिग पनि जितेका छन्। ११ वर्षको खेल जीवनमा निकै चर्चित सोल्सजरले ३ सय ६६ खेलमा १ सय २६ गोल गरेका थिए।

एजेन्सी, ५ पुस – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले क्लबका पूर्व खेलाडी ओले गुनार सोल्सजरलाई कार्यवाहक प्रशिक्षकको रुपमा नियुक्त गरेको छ। यूनाइटेडले सोल्सजरलाई २०१८-१९ सिजनको अन्त्यसम्म प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो।

मंगलबार प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेर क्लबले बुधबार नै उनको स्थानमा कार्यवाहक प्रशिक्षक नियुक्त गरेको हो। सोल्सजरले क्लबको तर्फबाट च्याम्पियन्स लिग पनि जितेका छन्। ११ वर्षको खेल जीवनमा निकै चर्चित सोल्सजरले ३ सय ६६ खेलमा १ सय २६ गोल गरेका थिए।

उनले सन् १९९६ देखि २००७ सम्म क्लबका लागि खेल्दै सन्यासस लिएका थिए। त्यसपछि उनी सन् २००८ मा युनाइटेडकै रिजर्भ टिमको प्रशिक्षक बनेका थिए। त्यसपछि उनले नर्वेको मोल्ड फुटबल क्लबमा पनि प्रशिक्षण दिए। क्लबले स्थायी प्रशिक्षकको नियुक्तिको लागि भने सिजनको अन्त्यसम्म निर्णय लिने बुझिएको छ। सोल्सजरलाई हाल क्लबको सहायक प्रशिक्षकका रुपमा रहेका माइक फेलन, माइकल क्यारिक र काइरन मक्केनाले सहयोग गर्नेछन्।

सोल्सजरले क्लबसँग फेरी आबद्ध हुन पाउँदा खुसी व्यक्त गरे। उनले भने, ‘म्यानचेस्टर युनाइटेड मेरो ह्रदयमा जोडिएको क्लब हो। यो भूमिकामा क्लबमा फर्कन पाउँदा निकै खुसी छु। हाम्रो टोली निकै राम्रो छ र म सँगै काम गर्न निकै उत्सुक छु।’


 

More form the Internet

loading...