Suvadin, Home

Cover Image

तेस्रो वन डे क्रिकेट : पाकिस्तानविरुद्व ईङ्ल्याण्डको ६ विकेटको जित

एजेन्सी । पाकिस्ताविरुद्वको तेस्रो वन डे क्रिकेटमा ईङ्ल्याण्ड ६ विकेटले विजयी भएको छ । ३ सय ५८ रनको लक्ष्य घरेलु टोली ईङ्ल्याण्डले मात्र ४ विकेट गुमाएर ३१ बल अगावै पुरा गर्यो ।

जोनी बेयरस्टोले १ सय २८ रनको शतकिय ईनिङ्स खेल्दा जासन रोयले ७६ रन बनाएका थिए । जोए रुट ४३ र वेन स्टोक्सले ३७ रन बनाए । मोइन अली ४६ र इयान मोर्गान १७ रनमा नटआउट रहे ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर ३ सय ५८ रन बनायो । उमाम उल हकले १ सय ५१ रनको सतकिय पाली खेलेका थिए ।

आसिफ अलीले ५२ र हरिस सोहिलले ४१ रन बनाएका थिए । अन्यको खेलाडीको प्रर्दशन उल्लेख्य रहन सकेन ।

ईङ्ल्याण्डका क्रिस वक्सले सर्वाधिक ४ विकेट लिए । टम कुरानको नाममा २ विकेट रह्यो ।

पाँच म्यानको वन डे सिरिजमा ईङ्ल्याण्ड २–० ले अघि बढेको छ ।
 


 

More form the Internet

loading...