Suvadin, Home
Nepal Telecom 2.263M

पाकिस्तानविरुद्धको दोश्रो एक दिवसीय खेलमा न्यूजिल्याण्ड ८ विकेटले विजयी

७१ बल खेलेका गुप्टिलले ५ चौका र ५ छक्का प्रहार गर्दा ४३ बल खेलेका टेलरले ४ चौका प्रहार गरे। उसका कोलिन मुन्रो बिना कुनै रनमा पेवेलियन फर्किंदा कप्तान कान विलियम्सनले १९ रनको योगदान दिएका थिए। बलिङतर्फ मोहम्मद अमिर र फहिम अशर्रफले समान १–१ विकेट लिए। म्यान अफ दि म्याच मार्टिन गुप्टिल भए।
न्यूजिल्याण्ड र पाकिस्तानबीचकाे प्रतिस्पर्धा।

झापा, २६ पुस – पाकिस्तानविरुद्धको दोश्रो एक दिवसीय म्याचमा घरेलु टोली न्यूजिल्याण्ड ८ विकेटले विजयी भएको छ। उसले डक वर्थ लुइस पद्धतिअनुसार जीत निकालेको हो।

नेल्सनमा टस जितेर ब्याटिङ गरेको पाहुना टोली पाकिस्तानले ९ विकेटको क्षतिमा २ सय ४६ रनको मध्यम योगफल तयार पारेको थियो।

उसका लागि मोहम्मद हफिजले सर्वाधिक ६०, सदाव खानले ५२, हसन अलीले ५१ तथा शोएव मल्लिकले २७ रनको योगदान दिएका थिए। बलिङतर्फ लुकी फर्गुसनले ३ तथा टिम सौथी र टोड एस्ट्लले समान २ विकेट लिए।

त्यसपछि वर्षाका कारण २५ ओभरमा घटाएर खेलाइएको खेलमा एक सय ५१ रनको लक्ष्य पाएको घरेलु टोलीले खेल सकिन ७ बल अगावै २ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो।

न्यूजिल्याण्डको जीतमा ओपनर मार्टिन गुप्टिलले अविजित ८६ तथा रोस टेलरले अविजित ४५ रनको योगदान दिए।

७१ बल खेलेका गुप्टिलले ५ चौका र ५ छक्का प्रहार गर्दा ४३ बल खेलेका टेलरले ४ चौका प्रहार गरे। उसका कोलिन मुन्रो बिना कुनै रनमा पेवेलियन फर्किंदा कप्तान कान विलियम्सनले १९ रनको योगदान दिएका थिए। बलिङतर्फ मोहम्मद अमिर र फहिम अशर्रफले समान १–१ विकेट लिए। म्यान अफ दि म्याच मार्टिन गुप्टिल भए।

जीतसँगै घरेलु टोलीले पाँच एक दिवसीय म्याचको श्रृंखलामा दुर्इ शुन्यको अग्रता लिएको छ। तेश्रो एक दिवसीय म्याच आगामी शनिबार युनिभर्सिटी ओभलमा नेपाली समय अनुसार दिउँसो तीन पैतालिस बजेबाट शुरु हुनेछ।


 

More form the Internet

loading...