Suvadin, Home

राजधानीका सुनसान सडकमा रमाउदै बालबालिका
मतदान केन्द्रमा चुनाव, सडकमा क्रिकेट

'हामीलार्इ किताबमा दाैड्नुपर्छ कुद्नुपर्छ, व्यायाम गर्नुपर्छ भन्ने पढाइन्छ, उनले भने, 'न हामीले कहिलै खेल्न पाएका छाै न कुदन नै। दाैड्ने कुदने काम खेलकुदबाटै हुने हाे, तर हामीले चाहेर पनि काठमाडाैंमा रहेकाे खुला ठाउँकाे अभावले त्याे चाहना पुरा हुन सकेकाे छैन्।'  देशमा भइरहेकाे पहिलाे चरणकाे स्थानीय तहकाे निर्वाचनकाे बारेमा उनी जानकार रहेछन्। 'टेलिभिजन, रेडियाेमा चुनावकाे कुरा अाउँछ', उनी भन्छन्, 'जसले चुनाव जितेपनि हाम्रा लागि प्रर्याप्त खेलकुदका लागि प्रर्याप्त खुलास्थानकाे व्यवस्था गरिदिन म अाग्रह गर्छु।'
राजधानीकाे सुनसान सडकमा क्रिकेट खेलिरहेका बालबालिका। तस्बिरः रबी जाेशी।

काठमाडाैं, वैशाख ३१ - अाइतबार मुलुकका तीनवटा प्रदेशमा मतदान भइरहेकाे छ। तीमध्ये राजधानी काठमाडाैंकाे माहाेल झनै चुनावमय छ।

बिहानैदेखि  मतदान सुरू भएपिछ हजाराै मतदाताले मतदान  खसालीसकेका छन्, भने कयाैं मतदान गर्न लाइनमा लागेका छन्। निर्वाचन अायाेगका अनुसार केही स्थानमा बाहेक बाँकी स्थानीय तहमा उत्साहपणूर्ण रूपमा मतदान भइरहेकाे छ।

मुलुककाे सबैभन्दा बढी जनसंख्या रहेकाे व्यस्त राजधानी काठमाडाैंमा पनि बिहानैदेखि मतदान जारी छ। निर्वाचनकाे सुरक्षाकाे संवेदनशिलतालार्इ मध्येनजर गरी अतिअात्यावश्यक (स्वीकृति लिएका) सवारीसाधन बाेहक बाँकी बन्द गरिएकाे छ। जसकारण पनि अाइतबार काठमाडाैंका मुख्य सडक समेत सुनसान छन्। कहीँ कतै फाट्टफुट्ट सवारी गुडे पनि। 

सधै माेटरगाडीले भरिभराउ रहने राजधानीका सडकमा अाइतबार भने पृथक सुन्दर दृश्यहरू देखिए। सुनसान सडकमा स्कुले बालबालिकार फुटबल, क्रिकेट खेलिरहेका भेटिन्थे। भने कतै साइकलका पारखीहरू निर्धक्क साइकिलिङ गरिरहेका थिए। स्केटबाेर्डमा रमाउने प्रफूल्ल मुद्रामा बीच सडकमै  निर्वाधरूपमा स्केर्टिङ गरिरहेका  भेटिए। 

माइतीघर- बानेश्वर जाेड्ने सडकखण्डस्थित बबरमहलमा सडकमै ट्राफिक सिङ्नलकाे विकेट बनाएर क्रिकेट खेलिरहेका स्कुले बालबालिका अाफ्नै धुनमा मस्त थिए। दिउँसाे घामकाे परवाह नगरी खुला सडकमा क्रिकेटमा रमाइरहेका बालक युजिङ अधिकारीले भने, 'बुवाअामा भाेट दिन जानुभएकाे छ। अाज सडक सुनसान देख्याै अनि साथीभाइ जम्मा पारेर क्रिकेट खेल्न थाल्याै।'

क्रिकेट उनलार्इ मनपर्ने खेल रहेछ। राजधानीमा खुला ठाउँकाे अभावले उनकाे क्रिकेट प्रतिकाे प्यास मेटिएकाे रहेनछ। उनले भने, 'विधार्थीकाे व्यक्तित्व बिकासमा लागि खेलकाे पनि महत्वपूर्ण स्थान हुन्छ भन्छन तर, यहाँ त न स्कुलमा नै खुला चाैर हुन्छ न त कतै बस्ने वरपर नै छ।' भविष्यमा क्रिकेटर बन्ने सपना बाेकेका राजधानीका कयाैं बालबालिका प्रशिक्षण केन्द्रबाट नै क्रिकेटकाे प्रशिक्षण लिइरहेका छन्।तर, व्यस्त राजधानीमा खेल मैदानकाे अभावका कारण ससाना गल्लीमा क्रिकेट खेल्न तल्लिन हुन्छन्, उनीहरू। 

अाइतबार चुनावका कारण मुख्य सडक नै सुनसान भएपछि  क्रिकेट खेलेर भरपूर उपयाेग गर्दै थिए, बालबालिकाहरू।

बालबालिका बीच सडकमै क्रिकेटमा रमाइरहेका बेला किशाेरहरू भने फुटबल खेलिरहेकाे भेटिए। क्रिकेट खेल्नेहरू झै उनीहरूले पनि सडककै उपयाेग गरेकाि थिए।

फुटबल खेलिरहेका अभिलेख श्रेष्ठले भने, 'काठमाडाैंमा खेल मैदानकाे अभाव छ, अाज माैका मिलेकाे भएर फुटबल खेलिरहेका छाैं'  पहिलाे चरणकाे स्थानीय तहकाे निर्वाचनकाे बारेमा उनी जानकार रहेछन्। 'टेलिभिजन, रेडियाेमा चुनावकाे कुरा अाउँछ', उनी भन्छन्, 'जसले चुनाव जितेपनि हाम्रा लागि प्रर्याप्त खेलकुदका लागि प्रर्याप्त खुलास्थानकाे व्यवस्था गरिदिन म अाग्रह गर्छु,' उनले भने।

स्वास्थ्य नागरिक जुनसुकै देशकाे पनि मुख्य सम्पत्ती हाे। देशकाे उन्नती उक्त देशका नागरिकसँग जाेडिएकाे हुन्छ। नागरिक सक्रिय भए देशले चाडै प्रगतीकाे पथ समात्न सक्छ। साेही कारण राज्यले नागरिकलार्इ स्वास्थ्य ध्यान दिनु अावश्यक छ। त्यसका लागि खेलकुद महत्वपूर्ण रहेकाे चिकित्सकहरू बताउँछन्। 

राज्यले 'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने नाराका साथ राष्ट्रिय प्रतियाेगिताहरू अायाेजना गर्दै अाएकाे छ। स्वास्थ्यका लागि खेलकुद नारा बाेकेपनि साेका लागि अावश्यक पुर्वाधार विकासमा भने राज्यले उदासिनता देखाउँदै अाएकाे छ। भुकम्पले क्षतिग्रस्त कयाै खेलकुद पुर्वाधारहरूकाे निर्माण पनि अघि बढ्न सकेकाे छैन्।

राज्यले बालबालिकाकाे शारीरिक र मानसिक वृद्धिविाकासका लागि प्रर्याप्त खेलकुद पुर्बाधारकाे बिकास गरिदिने हाे भने अागामी दिनमा बल र ब्याट लिएर बालबालिकाहरू सडककाे सट्टा मैदान जाने बातावरण बन्नेछ भन्नेमा अभिभावक विश्वस्त छन्। 

 


 

More form the Internet

loading...