Suvadin, Home

च्याम्पियन्स ट्रफीः भारतलार्इ १८० रनले हराउँदै पाकिस्तान च्याम्पियन

आइसिसी च्याम्पियन्स ट्रफी २०१७ काे उपाधी पाकिस्तानले उचालेकाे छ। भर्खरै सम्पन्न फाइनलमा भारतलार्इ १८० रनले पराजित गर्दै पाकिस्तान उपाधी उचालेकाे हाे। 
जीतपछि खुशी मनाउँदै पाकिस्तानका खेलाडीहरू। तस्बिरःक्रिकइन्फाे।

काठमाडौं, असार ४ - आइसिसी च्याम्पियन्स ट्रफी २०१७ काे उपाधी पाकिस्तानले उचालेकाे छ। भर्खरै सम्पन्न फाइनलमा भारतलार्इ १८० रनले पराजित गर्दै पाकिस्तान उपाधी उचालेकाे हाे। 

टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ५० ओभरमा ४ विकेट गुमाउँदै ३३८ रन बनाएको थियाे। उसका फखर जमानले सर्वाधिक १ सय १४ रन, अजहर अलीले ५९ रन, बाबर आजमले ४६ सोहेव मलिकले १२, इमाद वासिम २४ र मोहमद हाफिजले ५७ रन बनाए। भारतका लागि केदार जाधव, भुवनेश्वर कुमार र हार्दिक पाण्ड्याले समान एक/एक विकेट लिए । 

 जवाफी ब्याटिङमा भारतले ३०.३ अाेभरमा सवै विकेट गुमाएर १ सय ५९ रन मात्र बनाउन सक्याे। भारतका हार्दिक पाड्याले सर्बाधिक ७६ रन बनाए। ४३ बलकाे सामना गरेका उनले ६ चाैका र ४ चाैका प्रहार गरेका थिए। त्यस्तै, युवराज सिंहले २२ तथा शिखर धवनले २१ रन बनाए। कप्तान बिराट काेहली ५ तथा महेन्द्र सिंह धाेनी ४ रनमा अाउट भए। 

यता, बलिङमा पाकिस्तानका अहम्मद अामिर र हसन अलिले समान ३ तथा सदाव खानले २ विकेट लिए। 


 

More form the Internet

loading...