Suvadin, Home

अनि पारस पानी बोकेर मैदान कुदे

खेल सुरु भयो, केन्याली बलरहरुका अघि नेपाली ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न सकेनन्। पवेलियनमा वैकल्पिक खेलाडीको जर्सी लगाएका पारसमा पनि महत्वपूर्ण खेलको नजिताबारे चिन्तित हुनु स्वभाविक थियो। स्कोरले गति नपाउनु तथा एकपछि अर्को गर्दै खेलाडीहरु पवेलिएन फर्केपछि १६ औं ओभर चलिरहेका बेला पारस आफैं मैदान छिरे। सँधैं हातमा ग्लोब्स र ब्याट समातेर नेपाली जर्सी लगाउँदै मैदान प्रवेश गर्ने पारस यसपटक भने फरक भने फरक गेटअपमा मैदान छिरे।
किर्तिपुर मैदानमा शनिवार नेपाल र केन्या विचकाे खेल हेर्न पुगेका दर्शक। तस्बिर साैजन्यः नागरिक न्युज।

काठमाडाैं, फागुन फागुन ३० - अघिल्लो दिन देखि काठमाडौंको मौसममा बदलाव आएको थियो। झरी पर्ने/रोकिने क्रम जारी थियो। मौसम पूर्वाअनुमान महाशाखाका मौसमविदले पहिलो खेल प्रभावित हुन सक्ने बताएका थिए। कीर्तिपुरमा विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको केन्याविरुद्धको खेलका क्रममा त्यही भयो। झरीले खेललाई प्रभावित पार्यो। खेल पटक-पटक रोकियो। अततः डकवर्थ लुविथ पद्धतिका आधारमा नेपाल घरेलु मैदानमा ५ विकेटले स्तब्ध बन्यो।

नेपालले केन्याविरुद्ध खेलमात्रै गुमाएन, घरेलु मैदानमा दर्शकहरुलाई पनि निराश बनायो, अर्को वर्ष हुने विश्वकप छनौट खेल्ने सम्भावनालाई न्यून बनायो। अझै अर्को कुरा त, कप्तान पारस खड्काको अनुपस्थितिमा टिमले विगतझैं कमजोर प्रदर्शन गर्यो। कप्तानको जिम्मेवारीमा ओपनिङ गरेका ज्ञानेन्द्र मल्लको २७ रनलाई बाँकी कुनै खेलाडीले उछिन्न सकेनन्। मध्यक्रमका अनुभवी तथा भेट्रान ट्याग बोकेका ब्याट्सम्यानहरु शरद भेषावकर, विनोद भण्डारी र मेहबुब आलम तिनै जनाको टोटल स्कोर जोड्दा १० रन नि नेपाली स्कोरमा जोडिएन।

सुनील धमलाले घरेलु मैदानमा हजारौं दर्शकहरूमाझ तालीको गडगडाहटका बीच डेब्यु गरे। तर, तालीको गडगडाहट सकिन नपाउँदै ११ बलमा ३ रन जोड्दै उनी पवेलिएन फर्के। अर्का डेब्युकर्ता दीपेन्द्रसिंह ऐरीले खेलमा उत्साह नल्याएका हैनन्। तर, पनि टिमलाई आवश्यक परेका बेला उनको योगदान १९ रनको मात्रै रह्यो। सम्हालिएर ब्याटिङ गरेका उनले ब्याट्सम्यानमध्ये सबैभन्दा बढी ५६ बल खेलेका थिए। तर, जब क्रिजमा सेट भए त्यतिबेलै बल हावामा उठाए, आफू पवेलिएन फर्के।

अन्तिम विकेटका लागि सोमपाल कामी र शक्ति गौचनले दर्शकमा उत्साह थपेका हुन्। सोमपाल र शक्तिको जोडीले नेपाली इनिङको सर्वाधिक ३० रनको साझेदारी गर्यो। नेपाली स्कोर  सयमाथि पुर्यायो तर उनीहरुको साझेदारीवर्षाले चल्न दिएन। निर्धारित समयभन्दा खेल ढिलो सुरुभएपछि ३८ ओभर बनाईएको खेललाई ३६ ओभरमा पानीले अबरुद्ध पार्यो।

सोमपालले फालेको व्यक्तिगत पाँचौं ओभरको पहिलो बलमा केन्याका कप्तान राकेप पटेलले छक्का हान्दै खेल सकाए। नेपाली बलरहरूमध्ये सबैभन्दा महंगा रहेका सोमपालको बलिङमा एउटा अचम्मको संयोग देखियो। जसले उनले तीन पटक दोहोर्याए। जुन केन्याको स्कोर बृद्धिको एक आधार बन्यो।

सोमपालले पहिलो ओभरको पाँचौं बलमा नो बल दिए। क्रिकेटको नियमानुसार नो बल फालिएको बल फ्रि हिट हुन्छ, विपक्षी टिमको स्कोरमा एक रन थपिन्छ, बलरले पुनः त्यही बल गर्नुपर्छ। सोमपालले नो बल पुनः अर्को चोटी फाले त्यो ‘वाइड’ भयो। ‘वाइड’ भएपछि पुन पाँचौं बलले नै निरन्तरता पाओ, जसमा केन्याले फ्रि हिट पाएको थियो, उक्त बलमा इर्फान करिमले ४ रन प्रहार गरे। स्कोर रोक्ने दबाव परेको नेपालले सोमपालको पहिलो ओभरबाटै ८ र खर्चियो जसमा ६ रन नो बल, वाइड र फ्रि हिटबाट केन्याले प्राप्त गर्यो।

सोमपालको त्यो क्रम त्यहीँ रोकिएन, छैठौं ओभरको दोस्रो बलमा नो बल फालेका सोमपालले अर्को बलमा वाईड भने भने तेस्रो बलमा एक रन मात्रै स्कोर हुन सक्यो। तर, पन्ध्रौं ओभरमा सोमपालले पहिलो ओभरकै दुरुस्त फोटोकपी गरे। ओभरको अन्तिम बल सुरुमा नो बल, अनि वाइड अनि चौका दिए, विपक्षी टिमलाई अर्को छ रन उपहार दिए।

जितपछि प्रतिक्रिया दिँदै केन्याका प्रशिक्षक थोमस ओडोयोले बर्षाले प्रभावित खेल, अनि विपक्षीको होम ग्राउण्ड तथा हजारौं विपक्षी समर्थकमाझ खेल जित्नु चुनौतीपूर्ण रहे पनि आफ्ना खेलाडीहरु व्यावसायिक भएकाले जस्तोसुकै परिस्थितिमा पनि आफूलाई माहौल अनुसार ढाल्न उनीहरु परिपक्व रहेको बताए।

यता, ज्ञानेन्द्र मल्लले वर्षाले प्रभावित खेलमा टस हार्नु, ब्याट्सम्यान नचल्नु, अनि नियमित कप्तानको अनुपस्थितिले खेलको नजितामा असर परेको बताए तर सँगसगै उनले सधैं कप्तान पारस नहुँदा अभाव खड्किरहने तर उनी सधैं टिममा नहुन पनि सक्ने हुनाले अन्य खेलाडीले आफूलाई प्रमाणित गर्नुपर्ने बताए।

केन्याका प्रशिक्षक थोमसले भने अनुसार नेपाली खेलाडीहरुले माहौल अनुसार आफूलाई ढाल्न नसकी व्यावसायिकता देखाउन सकेनन् अर्कातिर नेपाली कप्तान ज्ञानेन्द्रले भने अनुसार टिममा पारसको अभाव खड्कियो भने अन्य खेलाडीले आफूलाई प्रमाणित गर्न सकेनन्। जुन, महत्वपूर्ण खेलमा नेपालको हारको कारण बन्यो।

पेटमा अप्नेसन गर्नुपरेकाले पारसको स्वास्थ्यमा समस्या आएको हो। अभ्यासका लागि भारत भम्रण जानुअघि उनमा देखिएको यो समस्याले निराकरण नपाउँदा केन्याविरुद्धको पहिलो खेलमा उनी मैदानमा देखिएनन्। म्याचअघि पत्रकारहरुसँग कुरा गर्दै कप्तान खड्काले खेल्ने कि नखेल्नेबारे म्याचको दिनमै थाहा हुने बताएका थिए, तर सँगसँगै केही खेलाडीको (सुनील, दीपेन्द्र) डेब्यु हेर्ने बताएका पारसले त्यतिबेलै आफु टिममा नरहेको अनौपचारिक संकेत गरेका थिए।

पत्रकारहरुसँग कुरा गर्दै पारसले टोलीमा एक से एक खेलाडी रहेकाले आफूले खेल्नु र नखेल्नुले त्यति फरक नपर्ने बताएका थिए। तर, उनका टोलीका सदस्यहरुले उनको वाक्यलाई खेलमा गलत प्रमाणित गरिदिए। उनीबिनै घरेलु मैदानमा घरेलु दर्शकको त्यत्रो साथ पाए पनि टोलीका सदस्यले ज्ञानेन्द्रकै शब्दमा आफूहरुलाई प्रमाणित गर्न सकेनन्। व्यावसायिकता देखाउन सकेनन्।

खेल सुरु हुनुअघिको टिम मिटिङमा नै पारसले म्याच नखेल्ने निर्णय भइसकेको थियो। म्याचको सुरुमा पारस मैदान निरीक्षणमा जब नेपाली पवेलियनबाट निस्किए, उनलाई देखेर दर्शकदीर्घाबाट एकै स्वरमा आवाज गुञ्जियो, पारस... पारस...। जुन नेपाली क्रिकेट समर्थकहरुको पारसप्रतिको विश्वासको परिणाम थियो। जस्तोसुकै परिस्थितिमा पनि आफूलाई ढाल्दै अप्ठारो अवस्थामा पनि नेपाली इनिङ सम्हाल्दै केन्याली प्रशिक्षकले भनेझैं व्यावसायिकता प्रदर्शन गरेका पारसको उपलब्धी थियो त्यो।

वैकल्पिक खेलाडीका रूपमा रहेका पारस ड्रिंक्स ब्रेकमा मैदान प्रवेश गरी खेलाडीहरूलार्इ सल्लाहसुझाव दिएर फर्कंदै। तस्बिरः शुभदिन


खेल सुरु भयो, केन्याली बलरहरुका अघि नेपाली ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न सकेनन्। पवेलियनमा वैकल्पिक खेलाडीको जर्सी लगाएका पारसमा पनि महत्वपूर्ण खेलको नजिताबारे चिन्तित हुनु स्वभाविक थियो। स्कोरले गति नपाउनु तथा एकपछि अर्को गर्दै खेलाडीहरु पवेलिएन फर्केपछि १६ औं ओभर चलिरहेका बेला पारस आफैं मैदान छिरे। सँधैं हातमा ग्लोब्स र ब्याट समातेर नेपाली जर्सी लगाउँदै मैदान प्रवेश गर्ने पारस यसपटक भने फरक भने फरक गेटअपमा मैदान छिरे।

नेपाली जर्सीलाई बाहिरबाट हल्का पहेंलो लुगाले छोपिएको थियो, पारसले हातमा पानीको बोतल समाएका थिए, अनुहारमा केही चिन्ता झल्कन्थ्यो। जसै उनले मैदान प्रवेश गर्न पाइला त्यसतर्फ बढाए, दर्शकहरुमा उर्जा सञ्चार भयो, फेरि उही एक स्वरमा उही आवाज गुञ्जियो, पारस... पारस... पारस आउ, स्कोर बढाउ।

मैदानभित्र क्रिजमा रहेका खेलाडीहरु आवश्यक सल्लाह दिई पारस फर्किए। यो क्रम पटक-पटक जारी रह्यो। ड्रिंक्स ब्रेकमा पारस मैदान प्रवेश गर्थे। खेलको अवस्थाका बारेमा खेलाडीलाई जानकारी गराउँथे, उनीहरूलाई उत्प्रेरित पार्थे र फर्कन्थे, दर्शकहरु उसरी नै हुटिङ गर्थे।

पारस खड्काको पुस्तालाई नेपाली क्रिकेटमा स्वर्ण पुस्ता भिनिन्छ। यो पुस्ताले नेपाली क्रिकेटलाई विश्वकप सम्म पुर्याएको हो। त्यसपछि नेपाली क्रिकेटले मैदान भित्र गतिलो प्रदर्शन गर्दै गयो भने मैदान बाहिर व्यवस्थापन कमजोर बन्दै गयो। परिणामस्वरुप क्यान हाल निलम्बनमा छ। घरेलु क्रिकेट शून्यप्रायः छ। यस्तो अवस्थामा नेपाली क्रिकेटमा पारस खड्काको जस्तो व्यावसायिकता, प्रतिभा भएको पुस्ताको विकास गर्न नसकिएको चौतर्फी गुनासो सुनिन्छ। यसले नेपाली क्रिकेटलाई झन्झन् खस्कँदो अवस्थामा पुर्याएको छ। जसको परिणामस्वरुप शनिबारको घरेलु मैदानमा भएको केन्यासँगको खेललाई लिन सकिने क्रिकेटका जानकारहरु बताउँछन्।


 

More form the Internet

loading...