Suvadin, Home
Nepal life 2.626M

पोग्बा युनाइटेड छोड्न अातुर, यस्तो भने सहकर्मीहरूसँग

पोग्बाले अाफ्ना सहकर्मी तथा क्लबका स्टाफहरूसँग अबकाे ४८ घण्टामा अाफु स्थानान्तरण हुन चाहेको बताएका हुन्। अाफ्नै पूर्व खेलाडी पोग्बालार्इ म्यानचेस्टर युनाइटेडले इटालियन क्लब युभेन्टसबाट किर्तिमानी रकम ८९ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो। २५ वर्षिय फ्रेन्च मिडफिल्डर पोग्बाले क्लबका सह–व्यवस्थापक एड वुडकार्डसँग पनि अाफ्नो क्लब छोड्ने इच्छाको बारेमा बताइ सकेको प्रस्ट पारेका छन्। पोग्बाले क्लब छोड्ने बताइरहँदा म्यानचेस्टर युनाइटेडले पोग्बा बिक्रीका लागि नभएको बताइ सकेको छ। पोग्बाका लागि बार्सिलोनाले राम्रो प्रस्ताव गरिरहेको छ।

काठमाडाैं, २३ साउन – म्यानचेस्टर युनाइटेडका फ्रेन्च मिडफिल्डर पाउल पोग्बाले स्पेनिस क्लब बार्सिलोना जाने तीव्र इच्छा व्यक्त गरेका छन्। पोग्बाले हिजो भएकाे अभ्यास सत्रमा अाफ्ना सहकर्मीहरूसँग बार्सिलोना जान इच्छुक भएको बताएका हुन। 

पोग्बाले अाफ्ना सहकर्मी तथा क्लबका स्टाफहरूसँग अबकाे ४८ घण्टामा अाफु स्थानान्तरण हुन चाहेको बताएका हुन्। अाफ्नै पूर्व खेलाडी पोग्बालार्इ म्यानचेस्टर युनाइटेडले इटालियन क्लब युभेन्टसबाट किर्तिमानी रकम ८९ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो।

२५ वर्षिय फ्रेन्च मिडफिल्डर पोग्बाले क्लबका सह–व्यवस्थापक एड वुडकार्डसँग पनि अाफ्नो क्लब छोड्ने इच्छाको बारेमा बताइ सकेको प्रस्ट पारेका छन्। पोग्बाले क्लब छोड्ने बताइरहँदा म्यानचेस्टर युनाइटेडले पोग्बा बिक्रीका लागि नभएको बताइ सकेको छ। पोग्बाका लागि बार्सिलोनाले राम्रो प्रस्ताव गरिरहेको छ।

माउरिन्होकाे टोली म्यानचेस्टर युनाइटेडले लेस्टर सिटिसँग खेल खेल्दै अागामी सिजनको शुरूवात गर्दैछ। पोग्बाको युनाइटेडमा २०२१ सम्म कन्ट्याक्ट रहेको छ।


 

More form the Internet

loading...