Suvadin, Home

आर्मब्यान्ड मेरो लक्ष्य हैनः पोग्बा

‘मैले फ्रान्सको कप्तानी गर्नका लागि खेलेको होइन। टोलीबाट खेल्नु मेरो लागि सधै विशेष हुने गरेको छ। बोल्नका लागि कप्तान नै हुन पर्दछ भन्ने छैन। नेतृत्व सम्हाल्नका लागि आर्मब्यान्ड नै चाहिन्छ भन्ने छैन।’

काठमाडाैं, २५ असोज – फ्रान्सेली मिडफिल्डर पाल पोग्बाले खेलाडीमा रहेको क्षमता, स्कील, प्रभावकारिता र नेतृत्वदायी भूमिकाका लागि कप्तान नै भइरहन अावश्यक नरहेको बताएका छन्।

फ्रान्सबाट अन्तर्राष्ट्रिय खेलका लागि पोग्बाले अहिले क्लब छाडेर निस्केका छन्। राष्ट्रिय टोलीका अन्य खेलाडीसँग भेट हुने समयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा कप्तानी आफ्नो लागि महत्वपूर्ण नहुने बताएका हुन्। उनले भनेका छन्, ‘मैले फ्रान्सको कप्तानी गर्नका लागि खेलेको होइन। टोलीबाट खेल्नु मेरो लागि सधै विशेष हुने गरेको छ। बोल्नका लागि कप्तान नै हुन पर्दछ भन्ने छैन। नेतृत्व सम्हाल्नका लागि आर्मब्यान्ड नै चाहिन्छ भन्ने छैन।’

नेतृत्वकर्ताले जहिले पनि मैदानमै आफुलाई प्रमाणित गर्ने पोग्बाले बताएका छन्। उनले भने,‘मैले देखेका वास्तविक नेताले धेरै बोल्न आवश्यक छैन। उदाहरणका लागि पिर्लो त्यसको एउटा उदाहरण हुन्। उनी ड्रेसिङ रुपमा धेरै बोल्दैनथे। उनी मैदानमा आफुलार्ई प्रमाणित गर्थे। उनी वास्तविक नेता हुन्। आर्मब्यान्ड उनको लक्ष्य थिएन।’

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत विश्वविजेता फ्रान्सले बिहीबार आइसल्यान्डसँग खेल्दैछ। त्यसपछि फ्रान्सले जर्मनीसँग अक्टुबर १६ मा यूईएफए नेसन्स लिगमा प्रतिस्पर्धा गर्नेछ।


 

More form the Internet

loading...