Suvadin, Home
NMB Bank Ltd 268.9k

बसन्त रेग्मी र करूणा भण्डारीलार्इ ‘प्लेयर अफ दि इअर’ अवार्ड

नेपाली पुरूष र महिला राष्ट्रिय टाेलीका सदस्यहरू बसन्त रेग्मी र करूणा भण्डारी ‘एपिएफ प्लेयर अफ दी इअर–२०७३’ अवार्डबाट सम्मानित भएका छन्। सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उनीहरूलार्इ साे अवार्डबाट सम्मानित गरिएकाे हाे। 
करूणा भण्डारी र बसन्त रेग्मी।

काठमाडाैं, पुस २५ 


नेपाली पुरूष र महिला राष्ट्रिय टाेलीका सदस्यहरू बसन्त रेग्मी र करूणा भण्डारी ‘एपिएफ प्लेयर अफ दि इअर–२०७३’ अवार्डबाट सम्मानित भएका छन्। सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उनीहरूलार्इ साे अवार्डबाट सम्मानित गरिएकाे हाे। 

साेही समाराेहमा उनीहरूसँगै नेपाल एपिएफ क्लवका विभिन्न विद्याका ३३ जना खेलाडीहरुलाई ‘एपिएफ प्लेयर अफ दि इअर–२०७३’ द्वारा सम्मानित गरिएकाे छ।  सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका संरक्षक समेत रहेका सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले खेलाडीलार्इ सम्मान गरे। 

त्यस्तै, सम्मानित हुने अन्य खेलाडीहरूमा फुटबलका रञ्जन विष्ट र अञ्जन विष्ट समेत रहेका छन्। उनीहरूसँगै करातेतर्फ सुनिल लामा, बक्सीङ्तर्फ सरस्वती राना र पूर्णबहादुर लामा, भलिबलतर्फ सरस्वती चौधरी, फुटवलतर्फ गरी ६ जना खेलाडीहरुलाई ‘मोष्ट भ्यालुएवल’ प्लेयर तथा कराते प्रशिक्षक दिपक श्रेष्ठलाई उत्कृष्ट प्रशिक्षककाे अवार्ड प्रदान गरिएकाे छ। 

पूर्वाञ्चलमा सम्पन्न साताैं राष्ट्रिय खेलकुद अन्तर्गतकाे पुरूष तर्फकाे क्रिकेटकाे उपाधी एपीएफले जितेकाे थियाे भने महिला तर्फ एपीएफले फार्इनलमा चाैका भएकाे वा नभएकाे विषयमा विवाद हुदाँ खेल बहिष्कार गरेका थिए।   

 

 

More form the Internet

loading...