Suvadin, Home

पिएलओ अण्डर–१९ क्रिकेट प्रतियोगिता
मध्यमाञ्चललार्इ पराजित गर्दै पूर्वाञ्चल फाइनलमा

सुनसरीको इटहरीमा जारी पिएलओ अण्डर–१९ क्रिकेट प्रतियोगितामा मध्यमाञ्चललाई सस्तैमा समेट्दै पूर्वाञ्चलले फाइनलको यात्रा तय गरेको छ। बुधबार भएको सेमिफाइनल खेलमा पूर्वाञ्चलले १ सय ५६ रनले मध्यमाञ्चललाई पछि पार्दै फाइनलमा प्रवेश गरेको हो। टस जितेर व्याटिङ गरेको पूर्वाञ्चलले २० ओभरमा ७ विकेटको क्षति गर्दै २ सय ६ रन बनाएको थियो। पूर्वाञ्चलका लागि अंकित सुवेदीले ६२ रन लिएका थिए। मिलन थापाले ५० रन जोडेका छन्। त्यसैगरी, सञ्जीव ढुंगानाले ४५ रन र मुकुन्द यादवले १८ रन लिएका थिए। 
प्रतिष्पर्धा गर्दै पूर्वाञ्चल र मध्यमाञ्चलका खेलाडी।

सुनसरी चैत्र ३० – सुनसरीको इटहरीमा जारी पिएलओ अण्डर–१९ क्रिकेट प्रतियोगितामा मध्यमाञ्चललाई सस्तैमा समेट्दै पूर्वाञ्चलले फाइनलको यात्रा तय गरेको छ। बुधबार भएको सेमिफाइनल खेलमा पूर्वाञ्चलले १ सय ५६ रनले मध्यमाञ्चललाई पछि पार्दै फाइनलमा प्रवेश गरेको हो।

टस जितेर व्याटिङ गरेको पूर्वाञ्चलले २० ओभरमा ७ विकेटको क्षति गर्दै २ सय ६ रन बनाएको थियो। पूर्वाञ्चलका लागि अंकित सुवेदीले ६२ रन लिएका थिए। मिलन थापाले ५० रन जोडेका छन्। त्यसैगरी, सञ्जीव ढुंगानाले ४५ रन र मुकुन्द यादवले १८ रन लिएका थिए। 

२ सय ७ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङ गरेको मध्यमाञ्चल ५० रनमा अलआउट भयो। मैदानमा राम्रो सम्हालिन नसक्दा १० ओभरमा ५० रन लिँदै अलआउट भएका थिए। मध्यमाञ्चललाई ५० रनमा समेट्न पूर्वाञ्चलका सञ्जीव ढुंगानाले ३ विकेट लिएका थिए। त्यसैगरी, विवेक यादवले २ विकेट लिएका थिए। 

पूर्वाञ्चलका सञ्जीव ढुंगाना म्यान अफ द म्याच घोषित भए। उनले नगद १ हजार र ट्रफी प्राप्त गरेका छन्। दोस्रो सेमिफाइनल खेल सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चलका बीच भइरहेको छ। यस्तै, मंगलबार भएको  दोस्रो खेलमा पूर्वाञ्चल मध्यपश्चिमाञ्चललाई ७५ रनले पराजित गर्दै समूह ‘क’ विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्यो।

पहिले व्याटिङ गरेको पूर्वाञ्चलले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो। पूर्वाञ्चलका खेलाडी मिनश थापाले ६१ रन बनाए। यस्तै राजु थापाले ३६ र अंकित सुवेदीले २४ रन बनाएका थिए। मध्यपश्चिमाञ्चलका लागि विजय चौधरीले ५ विकेट लिएका थिए। एक सय ७६ रनको विजयी लक्ष्य लिएर मैदान ओर्लिएको मध्यपश्चिमाञ्चल  सय रन बनाउँदा अलआउट भएको थियो।

मध्यपश्चिमाञ्चलका लागि सुनिल भण्डारीले २५ र मनोज यादवले २४ रन बनाउन बाहेक अन्य व्याट्सम्यानहरुले राम्रो स्कोर गर्न सकेनन्। पूर्वाञ्चलका लागि दीपेश कँडेलले ४ र विवेक यादवले ४ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच पूर्वाञ्चलका विवेक घोषित भएका थिए। 


 

More form the Internet

loading...