Suvadin, Home

पाेखरामा अब अन्तर्राष्ट्रियस्तरकाे रंगशाला!

पोखरामा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला बनाउन बुधबारबाट पूरानो प्याराफिट भत्काउन शुरु गरिएको छ। सन् २०१९ मा नेपालमा आयोजना गर्न लागिएको १३औं दक्षिण एशियाली खेलकुदलाई मध्यनजर गर्दै नयाँ संरचना बनाउनका लागिएकाे हाे।
पाेखरास्थित रंगशाला। फाइल तस्वीर

पोखरा, १२ पुस – पोखरामा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला बनाउन बुधबारबाट पूरानो प्याराफिट भत्काउन शुरु गरिएको छ।

सन् २०१९ मा नेपालमा आयोजना गर्न लागिएको १३औं दक्षिण एशियाली खेलकुद (साग) लाई मध्यनजर गर्दै नयाँ संरचना बनाउनका लागिएकाे हाे।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पूरानो संरचना भत्काउन शुरु गरिएकोे जानकारी दिएका छन्।

नेपाल सरकारको कूल रु १ अर्ब ३३ करोडको लागतमा निर्माण गर्न लागिएको सो रंगशाला निर्माण शुरु गरेको १० महिनामै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

उक्त रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले ग्लोबल टेण्डरसमेत आह्वान गरेकामा अन्तर्राष्ट्रियस्तरका ६ वटा ठेकेदार कम्पनीले निवेदन दिएका थिए।

वि.सं. २०४२ मा निर्माण गरिएको उक्त रंगशाला २०७२ वैशाख १२ र २९ गतेको भूकम्पले चर्केको थियो। पूरानो संरचना भत्काउन बोलपत्र आह्वान गरिएकामा काठमाडौंको जेबिए ठेकेदार कम्पनीले रु ४४ लाखमा ठेक्का लिएको छ। 

अन्तर्राष्ट्रिय बोलपत्रमा स्वीकृति पाएको कम्पनीले अागामी १ महिनामा पुरानो संरचना भत्काएर  नयाँ निर्माण अघि बढाउने छ। 


 

More form the Internet

loading...