Suvadin, Home

रोनाल्डोको चार गोलमा पोर्चुगल ५–१ गोलले विजयी 

एजेन्सी ।  क्रिस्टियानो रोनाल्डोको चार गोलको सहयोगमा पोर्चुगलले युरो कप छनोटमा शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा पोर्चुगलले लियुनियालाई ५–१ गोल अन्तरले हराएको हो । पोर्चुगलका लागि अर्को गोल विलियन कार्भाल्होले गरे ।

खेलको सातौ मिनेटमा रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । २८ औ मिनेटमा घरेलु टोली लुथानियका लागि आन्द्रेयुसकेविसियसले बराबरी गोल फर्काए ।

६१ औ मिनेटमा रोनाल्डोले पुन पोर्चुगललाई अग्रता दिलाए । त्यसको चार मिनेटमा उनले ह्याट्रिक पुरा गरे ।

७६ औ मिनेटमा उनले पोर्चुगललाई ४–१ को स्थितीमा ल्याएका थिए । दोस्रो हाफको ईन्जुरी समयमा कार्भाल्होले गोल गर्दै पोर्चगललाई फराकिलो जित दिलाए ।

रोनाल्डोले पोर्चुगलबाट ९३ अन्तराष्ट्रिय गोल पुरा गरेका छन् । ३४ बर्षका रोनाल्डोले आठ अन्तराष्ट्रिय ह्याट्रिक पुरा गरेका छन् ।

समुह बीको दोस्रो स्थानमा रहेको पोर्चुगलले ४ खेलबाट ८ अंक जोडेको छ । समुहमा एक अंक जोडेको लिथुनिया तालिकाको पुछारमा छ ।

समुहमा युक्रेन ५ खेलबाट १३ अंक सहित शीर्ष स्थानमा छ ।

अर्को खेलमा लक्जेमवर्गलाई ३–१ ले हराउँदै सर्विया तेस्रो स्थानमा उक्लिएको छ ।


 

More form the Internet

loading...