Suvadin, Home

आज पीपीएलको उपाधी भिडन्त, चितवन र विराटनगर आमनेसामने

काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधिका लागि आज (शनिबार) चितवन टाइगर्स र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुदैछ ।

पारस खड्काको नेतृत्वमा रहेको चितवन पहिलो संस्करणको फाईनल खेलेको टिम हो । यता, पहिलो पटक फ्रेन्चाइज टिमको कप्तानी गरेका प्रदिप ऐरीको विराटनगर गत संस्करण पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको थियो ।

पहिलो पटक फ्रेन्चाइज टिमको कप्तानी गरेका प्रदिप फाईनल भिडन्तलाई लिएर निकै उत्साहित छन् । पछिल्लो खेलमा समातेको लयलाई विराटनगरले फाईनल खेलमा निरन्तरता दिन चाहेको कप्तान ऐरी बताउँछन् ।

यता, चितवनका कप्तान पारस खड्का गत संस्करणमा समेत फाइनल खेलेका कारण यसपटक अघि बढ्ने लक्ष्य लिएको बताउँछन् । लिग चरणमा चितवनले विराटनगरलाई १८ रनले पराजित गरेको थियो ।

लिगमा अपराजित रहेको चितवन फाइनल खेलमा समेत सोही लयलाई निरन्तर दिने लक्ष्यमा छ । चालू संस्करणमा चितवन सुरुवात देखिनै उपाधि लक्ष्यमा दृढ देखिएको छ ।


 

More form the Internet

loading...