Suvadin, Home

म्यानचेस्टर युनाइटेड बराबरीमा राेकिँदा चेल्सी शानदार जीत सहित दाेश्रो स्थानमा उक्लियाे

चेल्सीकाे जीतमा खेलको तेस्रो मिनेटमा एन्टोनियो रुडिगर, नवाैं मिनेटमा डयानी ड्रिङ्कवाटर, २३औं मिनेटमा पेड्रो, ७३औं मिनेटमा विलियन र ८८ औं मिनेटमा जापाकोष्टाले १–१ गोल गोल गरेका थिए।
स्टाेकविरुद्ध गाेल गरेपछि चेल्सीका खेलाडी।

काठमाडाैं, पुस १६ – इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार म्याच विक २१ का ७ खेल सम्पन्न भएका छन्। शनिबारकाे शानदार जीतबाट हासिल गरेकाे ३ अंक सँगै चेल्सी दाेश्रो स्थानमा उक्लिएकाे छ। शनिबार राति घरेलु मैदानमा भएकाे खेलमा चेल्सीले स्टोक सिटीलाई ५–० को फराकिलो गाेलअन्तरले पराजित गर्दै दोस्रो स्थानमा फड्काे मारेकाे हो। 

चेल्सीकाे जीतमा खेलको तेस्रो मिनेटमा एन्टोनियो रुडिगर, नवाैं मिनेटमा डयानी ड्रिङ्कवाटर, २३औं मिनेटमा पेड्रो, ७३औं मिनेटमा विलियन र ८८ औं मिनेटमा जापाकोष्टाले १–१ गोल गोल गरेका थिए। दोस्रो स्थानमा रहेकोे म्यान्चेस्टर युनाईटेडलाई १ अंकले पछाडी पार्दैै चेल्सी लिगको दोस्रो स्थानमा उक्लिन सफल भयो। 

राति नै सम्पन्न अर्को खेलमा म्यान्चेस्टर युनाईटेड साउथह्याम्पटसँग गोलरहित बराबरीमा रोेकिएपछि डिफेन्डिङ च्याम्पियन चेल्सीलाई फाइदा पुगेको हो। म्यानचेष्टर युनाइटेडका लागि खेलको ८२ औं मिनेटमा पाउल पोग्वाले गोल गरेपनि रेफ्रीले अफसाइडको मान्यता दिएपछि युनाइटेड लगातार तेस्रो खेलमा बराबरीमा रोकिन पुग्यो। 

शनिबार नै सम्पन्न अर्काे खेलमा लिभरपुल विजयी भएको छ। लिभरपुलले गएराति लेस्टर सिटीलाई २–१ ले हरायो। लेस्टरका लागि जेमी भार्डीले खेलको तेस्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि त्यसलाई जोगाउन नसक्दा लेस्टरले पराजय व्यहाेरेकाे हाे।

लिभरपुलका लागि खेलको ५२ औं र ७६ औं मिनेटमा मोहमेद सालेहले गोल गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए। त्यस्तै प्रिमियर लिगअन्तर्गत राति सम्पन्न अन्य खेलहरुमा वर्नमाउथले एभर्टन र स्वान्सी सिटीले वाट्फोर्डलाई समान २–१ ले पराजित गरेका छन्।

त्यस्तै, हडर्शफिल्ड टाउन र बर्न्ली तथा न्युकासल युनाईटेड र ब्राईटनले गोलरहित बराबरी खैल्दै अंक बाडेका छन्। प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राती २ खेलहरु हुँदैछन्।

म्याच विक २१ काे दाेश्रो दिनका खेलहरुमा साँझ  पाैने ६ बजे शीर्ष स्थानको म्यान्चेस्टर सिटी र क्रिष्टल प्यालेस तथा राति सवा १० बजे आर्सनल र वेष्ट ब्रोम आमने सामने हुँदैछन्। आजको खेलमा सिटी विजयी हासिल गरे दोस्रो स्थानको चेल्सी भन्दा १६ अंक अग्रता हासिल गर्नेछ।


 

More form the Internet

loading...