Suvadin, Home

फिफा विश्वकप
कस्तो छ इजिप्टको अाजको खेलमा सलाहलार्इ मैदानमा उतार्ने तयारी?

इजिप्ट फुटबलका प्रमुख कार्यकारी अधिकृत इहाब लेहेटाले असन्तुष्ट सालाहको स्वास्थ्य अवस्थामा सुधार भएको बताए। उनले भने, ‘उरुग्वेविरुद्धको खेलमा उनी निकै असन्तुष्ट थिए। आफूले खेल्ने मौका पाएको भए टोलीलाई हारबाट जोगाउने उनको अपेक्षा थियो।’

काठमाडाैं, ५ असार – स्ट्राइकर मोहम्मद सलाहले चेचेन केक र विश्वकपअन्तर्गत इजिप्टको अर्को खेल खेल्ने समाचारका साथ २६औं जन्मदिन मनाएका छन्। पूर्णरूपमा स्वस्थ नभएकै कारण उनी विश्वकपको पहिलो खेलमा मैदान उत्रिएका थिएनन्।

इजिप्टविरूद्ध उरूग्वेको खेलमा अन्तिम ५ मिनेटसम्म समर्थकहरू सलाहले मैदान प्रवेश गरेर नतिजा उल्टाउने अाशमा थिए। उनी मैदान उत्रिएनन् र इजिप्ट उरूग्वेद्वारा १–० ले पराजित भयो। जन्मदिनको अवसमा अाफ्नो टिम पराजित हुँदा उनका लागि सबैभन्दा अप्रिय उपहार मिल्यो। 

चोटकै कारण सलाहले जन्मदिनको दिन बेन्चमा बसेर उरुग्वेविरुद्धको खेल हेर्दा आफ्नो टिमको प्रदर्शनमा असन्तुष्टि जनाइरहेका थिए। 

इजिप्ट फुटबलका प्रमुख कार्यकारी अधिकृत इहाब लेहेटाले असन्तुष्ट सालाहको स्वास्थ्य अवस्थामा सुधार भएको बताए। उनले भने, ‘उरुग्वेविरुद्धको खेलमा उनी निकै असन्तुष्ट थिए। आफूले खेल्ने मौका पाएको भए टोलीलाई हारबाट जोगाउने उनको अपेक्षा थियो।’

सायद सलाह मैदान उत्रेको भए इजिप्ट पराजित नहुने धेरै फुटबल समर्थकहरूको भनाइ रहेको छ। त्यसैले गर्दा पनि अब सलाहले मैदान उत्रिने जमर्को गरेको हुनुपर्छ।

त्यस्तै इजिप्सियन फुटबल संघले सालाहको फिटनेसबारे थप नबताए पनि चेचेन्या क्षेत्रस्थित ग्रोज्नीमा रहेको इजिप्टको आधार सिविरमा उनले शनिबार टिमसँग पूरा समय अभ्यास गरेको बताएको छ।


 

More form the Internet

loading...