Suvadin, Home
Nepal life 2.601M

पदक विजेता खेलाडी सम्मानित

काठमाडौँ, १५ मंसिर – विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, निर्णायक तथा खेलकर्मी सम्मानित भएका छन्। 

नेपाल मार्शल आर्टस् हाप्किदो संघद्वारा आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज २६ र २७ गते रुसमा सम्पन्न युरोपियन हाप्किदो च्याम्पियनसिपमा कास्य पदक विजेता प्रदीप थापालाई सम्मान गरेका छन्। 

यस्तै यही मङ्सिर ५ देखि ९ गतेसम्म चलेको १५ औँ एशिया प्यासिफिक सितोरियो कराते महासंघको  ‘रेफ्री सेमिनार’मा सहभागी भई अन्तर्राष्ट्रिय निर्णायक हुन सफल गजेन्द्रबहादुर खपाङ्गीलाई समेत अध्यक्ष दाहालले सम्मान गरेका छन्।

सो अवसरमा खेलकूद क्षेत्रमा विशेष योगदान पु¥याएका राष्ट्रिय खेलकूद परिषदका पूर्वसदस्य नारायणप्रसाद पौडेल, हाप्कीदोका प्रमुख प्रशिक्षक लानम लामा र टोली व्यवस्थापक दीपेन्द्र तामाङलाई समेत अध्यक्ष दाहालले सम्मान गरे। 

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले खेलाडी राष्ट्रलाई संसारमा चिनाउने आधार भएकाले उनीहरुको उचित सम्मान र मूल्याङ्कन हुनु आवश्यक रहेको बताए। 


 

More form the Internet

loading...