Suvadin, Home
Nepal life 1.832M

५ खेल अगाबै पिएसजी च्याम्पियन

पिएसजीका लागि जिओभानी लो क्लेसो र एन्जल डी मारियाले समान २ गोल गरेको खेलमा इन्डिसन काभानी र जुनियर ड्र्याक्सलरले समान १ गोल गरेका थिए। राडामेल फल्काओले आत्मघाती १ गोल गरेका थिए। पिएसजीले पहिलो हाफमै ४–१ को अग्रता लिएको थियो।

काठमाडाैं, वैशाख ३ – पेरिस सेन्ट जर्मेन पिएसजी लिग वान च्याम्पियन बनेको छ। निकटम प्रतिपक्षी मोनाकोलाई गत राति ७–१ काे गाेलअन्तरले पराजित गरेपछि पिएसजीले जारी सिजनका ५ खेल अगाडि नै यो सिजनको उपाधि उचालेको हो।

पिएसजीका लागि जिओभानी लो क्लेसो र एन्जल डी मारियाले समान २ गोल गरेको खेलमा इन्डिसन काभानी र जुनियर ड्र्याक्सलरले समान १ गोल गरेका थिए। राडामेल फल्काओले आत्मघाती १ गोल गरेका थिए। पिएसजीले पहिलो हाफमै ४–१ को अग्रता लिएको थियो।

क्लेसोले १५औं र २७औं मिनेटमा, काभानीले १७औं र डी मारियालले १९औं मिनेटमा गोल गरेका थिए। ४ मिनेटको बीचमा टोलीले ३ गोल गरेको थियो। रुनी लोपेसले ३८औं मिनेटमा गोल फर्काएपनि डी मारियाले ५८ औं मिनेटमा अर्को गोल थपे।

फाल्काअोले ७६औं मिनेटमा आत्मघाती गोल ग र्दा ड्रयाक्सलरले खेल सकिन ४ मिनेट बाँकी रहँदा गोल गरेका थिए। पाँच खेल बाँकी रहँदा पिएसजीको ८७, मोनाकोको ७० र तेस्रो स्थानको ६६ अंक छ।


 

More form the Internet

loading...