Suvadin, Home

 न्युजिल्याण्डमाथी पाकिस्तान  ६ विकेटले विजयी

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा न्युजिल्याण्डलाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले अघिल्लो चरणको यात्रालाई सहज बनाएको हो । 

इड्जबेस्टोनमा न्युजिल्याण्डले दिएको २३८ रनको लक्ष्य पछएको पाकिस्तानले ४९ ओभर १ बलमा ४ विकेट गुमाउँदै २४१ रन पूरा   गर्‍यो । पाकिस्तानका लागि बाबर आजमले शतकीय पारी खेले । १२७ बल खेलका उनले ११ चैकाको सहयोगमा १०१ रन बनाउँन सफल भए । त्यस्तै हरिस सोहेलले अर्धशतकीय पारी खेले । ७६ बल खेलेका उनले ५ चौका र २ छक्काको सहयोगमा ६८ रन पूरा गरे । 

पाकिस्तानका लागि मोहम्मद हफीज ३२ र इमाम उल–हकले १९ रनको योगदान गरे । बलिङतर्फ न्युजिल्याण्डका लागि केन विलियम्सन, ट्रेन्ट बोल्ट र ल्युक फर्गुसनले समान एक–एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २३७ रन पूरा गरेको थियो । न्युजिल्याण्डका लागि जिम्मि निशम र कोलिन डी ग्राण्डहोमले अर्धशतकीय पारी खेले । ११२ बल खेलेका निशमले ५ चौका र ३ छक्काको सहयोगमा ९७ रनको योगदान गरे । ७१ बल खेलेका डी ग्राण्डहोमले ६ चौका र १ छक्काको सहयोगमा ६४ रन पूरा गरे । 

न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ४४ रन जोड्दा कोलिन मुन्रोले १२ रन जोडे । बलिङतर्फ पाकिस्तानका लागि शाहीन अफरीदीले सर्वाधिक तीन विकेट लिए । १० ओभर बलिङ गरेका उनले तीन मेडेन ओभर फ्याक्दै मात्र २८ रन दिए । त्यस्तै मोहम्मद आमिर र शादाब खानले समान एक–एक विकेट लिए


 

More form the Internet

loading...