Suvadin, Home

आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत फुटबल खेलाडी छनोट

समितिका अनुसार सर्लाहीका अरुण ब्लोन, महोत्तरीका सागर सुस्लिङ, पर्साका सुनिल राउत कुर्मी, सर्लाहीका रामहरि पौडेल, महोत्तरीका अम्बरबहादुर स्याङ्बो र सन्तोष राई, सिरहाका अनिल माझी, सप्तरीका सुशीलकुमार यादव, धनुषाका सद्दम मन्सुर छनोट भएका छन्। 

काठमाडौं, १४ फागुन – आठौँ राष्ट्रिय खेलकूदका लागि प्रदेश नं २ बाट पुरुष फुटबल टोली छनोट भएको छ। बीस सदस्यीय टोली चयन गरिएको छनोट आयोजक मध्यमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिले जनाएको छ। 

समितिका अनुसार सर्लाहीका अरुण ब्लोन, महोत्तरीका सागर सुस्लिङ, पर्साका सुनिल राउत कुर्मी, सर्लाहीका रामहरि पौडेल, महोत्तरीका अम्बरबहादुर स्याङ्बो र सन्तोष राई, सिरहाका अनिल माझी, सप्तरीका सुशीलकुमार यादव, धनुषाका सद्दम मन्सुर छनोट भएका छन्। 

त्यसैगरी पर्साका कृष्ण शाक्य, महोत्तरीका नीरबहादुर आले र खड्गबहादुर बलमपाकी, सिरहाका राकेश सिंह, सप्तरीका उज्ज्वलसिंह सेवा, रौतहटका रोशन पहरी, बाराका कृष्णकान्त चौधरी, सर्लाहीका रितिककुमार खड्का, महोत्तरीका गङ्गाबहादुर आले, सप्तरीका देवानन्द चौधरी र धनुषाका टङ्कबहादुर सिङ्तान टोलीमा समावेश छन्। 


 

More form the Internet

loading...