Suvadin, Home

Cover Image

शहीद स्मारक फुटबलमा पुल्चोक स्पोर्टस क्लब विजयी

सातदोबाटोस्थित एन्फा क्म्प्लेक्सको खेल मैदान भएको खेलमा पुल्चोकले मध्यपुर युथ एशोसिएशनलाई २/१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। पुल्चोकको जितमा रामकाजी कुमाल र टिकाराज गुरुङले एक एक गोल गरे। रामकाजीले खेलको सुरुआती नवौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले। 

काठमाडौं, २ फागुन – राजधानीमा जारी शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा पुल्चोक स्पोर्टस क्लब विजयी भएको छ। 

सातदोबाटोस्थित एन्फा क्म्प्लेक्सको खेल मैदान भएको खेलमा पुल्चोकले मध्यपुर युथ एशोसिएशनलाई २/१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। पुल्चोकको जितमा रामकाजी कुमाल र टिकाराज गुरुङले एक एक गोल गरे। रामकाजीले खेलको सुरुआती नवौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले। 

त्यस्तै टिकाराजले खेलको पहिलो हाफको ३५औँ मिनेटमा एक गोल थप्दै आफ्नो टोलीको जित सुनिश्चित गरे। यता पराजित मध्यपुरको लागि प्रदीप लम्सालले खेलको दोस्रो हाफको ५२ औँ मिनेटमा एक सान्त्वना गोल फर्काएका थिए। 


 

More form the Internet

loading...