Suvadin, Home

प्रनितकाे अर्धशतकिय पारीकाे मदतले मध्यपश्चिमाञ्चलले खाता खाेल्याे

मध्यपश्चिमाञ्चल क्रिकेट टीम । फाेटाे साैजन्य रमन शिवाकाेटी

साताै राष्ट्रिय खेलकुद प्रतियाेगितामा भर्खरै सम्पन्न पुरूष तर्फकाे क्रिकेटमा मध्यपश्चिमाञ्चललाइ ७ विकेटकाे फराकिलाे अन्तरले पराजित पार्दै अंक तालिकामा २ अंक जाेडेकाे छ । टस जितेर पहिले ब्याटिंग गरेकाे सुदुरपश्चिमले १४ अाेभरमा छाेट्याइएकाे खेलमा ६ विकेट गुमाएर ९२ रन बनायाे । सुदुरपश्चिमका लागी दिनेश अाग्रीले ३५ रनकाे पारी खेले । 

जवाफी व्याटिंगमा उत्रेकाे मध्यपश्चिमाञ्चलले १३ बल बाकीं छदै लक्ष्य भेटायाे । उसका प्रनित थापाले ५६ रनकाे अर्धशतकिय पारी खेले । ३७ बलकाे सामना गरेका प्रनितले ३ चाैका र २ छक्का प्रहार गरे । त्यस्तै अनुपम सिंहले १६ रनकाे पारी खेल्दै मध्यमाञ्चलकाे जित सुनिश्चित गरे । 

सुदुरपश्चिमका दिनेश अाग्रीले ३ अाेभरमा २३ रन खर्चेर २ विकेट लिए भने राेशन नेपालीले २ अाेभरमा १४ रन खर्चदै १ विकेट लिए । प्रतियाेगितामा अाजकाे दाेस्राे खेल पश्चिमाञ्चल र पुर्वाञ्चल विच केहीबेरमा हुनेछ । 


 

More form the Internet

loading...