Suvadin, Home

विशाल खड्का स्मृति फुटबल
रेड हर्सलाई पराजित गर्दै राष्ट्रिय जागृती सेमिफाइलनमा

सुनसरीको राष्ट्रिय जागृती फुटबल क्लब झापाको कमल गाउँपालिकामा जारी स्वर्गीय विशाल खड्का स्मृति फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न खेलमा इलामको रेड हर्स फुटबल क्लबलाई ३–१ ले पराजित गर्दै राष्ट्रिय जागृती प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।

उत्तम रिजाल, झापा, १९ माघ – सुनसरीको राष्ट्रिय जागृती फुटबल क्लब झापाको कमल गाउँपालिकामा जारी स्वर्गीय विशाल खड्का स्मृति फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न खेलमा इलामको रेड हर्स फुटबल क्लबलाई ३–१ ले पराजित गर्दै राष्ट्रिय जागृती प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।

राष्ट्रिय जागृतीले पहिलो हाफको १७औं मिनेटमा जर्सी नम्बर–३ का निनम राईको गोलबाट अग्रता लिएको थियो। उनले जर्सी नम्बर ८ का उमेश कार्कीको फ्रि–किकमा दर्शनीय हेड गरेका थिए।

पहिलो हाफमा एक शुन्यले अग्रता लिएको उसले दोश्रो हाफको चौँथो मिनेटमा जर्सी नम्बर–१० का समिर राईको गोलबाट अग्रता दोब्बर बनाएको थियो। उनले गोलकिपर टंक थामी अगाडि बढेको माैका पारेर गोल गरेका थिए।

त्यसपछि थप दबाबमा परेको रेड हर्सका कप्तान पासाङ शेर्पाले दोश्रो हाफको २०औं मिनेटमा गोल गर्दै अन्तर कम गरेपनि ३१औं मिनेटमा जर्सी नम्बर–१२ का सुशान्त तामाङले गोल गर्दै राष्ट्रिय जागृतीलाई ३–१ को जीत  दिलाए।

उनले जर्सी नम्बर–८ का उमेश कार्कीको क्रस पासमा गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच विजयी टिमका उमेश कार्की घोषित भए। उनले नगद २ हजार समेत प्राप्त गरेका छन्।

शनिबार आयोजक गुह्येश्वरी युवा क्लब र धनकुटा फुटबल क्बल धनकुटा आमने–सामने हुने आयोजकका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए। प्रतियोगिताको विजेताले नगद एक लाख एक सय एघार र उप–विजेताले नगद पचास हजार पाँच सय पचपन्न रुपैयाँसँगै ट्रफी प्राप्त गर्नेछन्।


 

More form the Internet

loading...