Suvadin, Home
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा अाजबाट राजधानीमा सुरू भएकाे नवौँ राष्ट्रपति रनिङ सिल्डकाे उदघाटन कार्यक्रममा केही तस्बिरहरू। खेलकुद प्रतियोगिताको उदघाटन समाराेहमा बाेल्दै राष्ट्रपतिले राज्यले सकारात्मक प्रोत्साहनका रुपमा खेलाडीको जीवनवृत्ति र स्तरोन्नतिका लागि अवसर प्रदान गर्नुपर्ने तथा खेलाडीलाई सम्मान गर्दै जानुपर्नेमा जोड दिइन्। प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराँते, उसु, फुटबल र क्रिकेटमा प्रतिस्पर्धा हुनेछ । एथलेटिक्स र फुटबल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला, भलिबल राखेपको कभर्ड हल, कबड्डी कीर्तिपुर, तेक्वान्दो पेप्सीकोलास्थित कोटेश्वर तेक्वान्दो डोजाङ, कराते लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्ड हल तथा क्रिकेट कीर्तिपुर क्रिकेट मैदानमा खेलाइदैछ।
नवौँ राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगितको उद्घाटन समारोहका अवसरमा कला प्रदर्शन गर्दै स्कूलका विद्यार्थीहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस

तस्बिरहरूः प्रदीपराज वन्त,रासस


 

More form the Internet

loading...