Suvadin, Home

रियल मड्रिडले ताेड्याे बार्सिलाेनाकाे रेकर्ड

स्पेनिस कोपा डेल रे अन्तर्गत बिहीबार राति भएकाे खेलमा रियल मड्रिडले सेभिल्लासँग बराबरी खेलेकाे छ। बराबरीमा राेकिए पनि रियल मड्रिडले क्लब फुटबलमा बार्सिलाेनाकाे रेकर्ड ताेडेकाे छ।

काठमाडाैं, पुस २९


स्पेनिस कोपा डेल रे अन्तर्गत बिहीबार राति भएकाे खेलमा रियल मड्रिडले सेभिल्लासँग बराबरी खेलेकाे छ। बराबरीमा राेकिए पनि रियल मड्रिडले क्लब फुटबलमा बार्सिलाेनाकाे रेकर्ड ताेडेकाे छ।

निर्धारित समयमा ३-२ ले पछि परेकाे मड्रिडलार्इ थपिएकाे अतिरिक्त समयमा गाेल गर्दै करिम बन्जामले उकासेका थिए। करिमले ९३ अाैं मिनेटमा गाेल गर्दै खेल बराबरीमा पुर्याए। त्यसअघि खेलको १० औं मिनेटमा डानिलो लुइजले गोल गर्दै सेभिल्लालाई सुरूवाती अग्रता दिलाएका थिए। पहिलाे हाफकाे अतिरिक्त समयमा अर्थात् ४८ औं मिनेटमा रियलका मार्को आसिन्सोले गोल गर्दै पहिलो हाफसम्म खेल १-१ को बराबरीमा टुंग्याए।

दोस्रो हाफमा भने खेल राेमाञ्चित बन्याे। दाेस्राे हाफकाे ८ मिनेट नबित्दै स्टेभन जोभटिकले गोल गर्दै सेभिल्लालाई फेरि अग्रतामा डाेर्याए। दबाबमा रहेकाे मड्रिडमाथि थप दबाब थप्दै भिसेन्ट इब्रोले ७७ औं मिनेटमा गोल गर्दै सेभिल्लाको अग्रतालाई दोब्बर बनाए । यता, ८३ औं मिनेटमा रियलले पनाल्टी पायाे र त्यसकाे सदुपयाेग गरे,सर्जियो रामोसले।

पेनाल्टीले पनि रियललार्इ त्यति खुसी दिन सकेन, किनकि रियल अझै खेलमा ३-२ ले पछि थियाे। त्यसपछि रियललार्इ खेलको अतिरिक्त समय अर्थात् ९३ औं मिनेटमा करिम बेन्जामले गोल गर्दै रियललाई हारबाट जोगाएका हुन्। सेभिल्लासँग बराबरी खेलेपछि रियलले खेलेका पछिल्ला ४० वटा खेलमा ४० वटैमा हार्नु परेको छैन। यस भन्दाअघि बार्सिलोनाले ३९ वटा खेलमा हार व्यहोरेको थिएन। रियलले बार्सिलाेनाकाे साेही रेकर्डलार्इ ताेडेकाे छ। 


 

More form the Internet

loading...