Suvadin, Home
Nepal life 2.266M

रियलद्वारा भालाडोलिड २-० ले पराजित

स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियल म्याड्रिडले भालाडोलिडलार्इ २-० ले पराजित गरेको छ। रियललार्इ जित हासिल गर्न सहज भने भएन। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। दोस्रो हाफमा भालाडोलिडले गरेको दुई आक्रमण क्रसबारमा लागेर फर्किएको थियो। तर भाग्यमानी रियलको भने ८४ औं मिनेटमा गरेको प्रहार भालाडोलिडकै डिफेन्सलाई लाग्दै गोलमा परिणत भयो।

एजेन्सी, १८ कात्तिक – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियल म्याड्रिडले भालाडोलिडलार्इ २-० ले पराजित गरेको छ। रियललार्इ जित हासिल गर्न सहज भने भएन।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। दोस्रो हाफमा भालाडोलिडले गरेको दुई आक्रमण क्रसबारमा लागेर फर्किएको थियो। तर भाग्यमानी रियलको भने ८४ औं मिनेटमा गरेको प्रहार भालाडोलिडकै डिफेन्सलाई लाग्दै गोलमा परिणत भयो।

ब्राजिलियन विंगर भिनिसियस जुनियरले प्रहार गरेको सट पोस्टभन्दा बाहिर जाने देखिएको थियो तर डिफेन्डर किको ओलिभासलाई लाग्दै उक्त सट गोलमा परिणत भयो। अन्तिम समयमा करीम बेन्जेमालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा सर्जियो रामोसले गोल गरे।

पछिल्लो ५ लिग खेलमा १ अंक मात्र जोड्न सफल रियलले पछिल्लो हप्ता एल क्लासिकोमा बार्सिलोनासँग ५-१ को पराजय भोगेको थियो। उक्त हारपछि रियलले प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गर्यो। त्यसयता टोलीको कार्यवाहक प्रशिक्षकका रुपमा सान्टियागो सोलारीले जिम्मेवारी सम्हालेका छन्। सोलारीले मध्यसातामा कोपा डेल रेअन्तर्गत मेलिलाविरुद्ध ४-० को जित पनि दिलाए।

लिग खेलमा भने रियलको प्रदर्शन राम्रो रहन सकेन। हाफ टाइममा समर्थकहरुले सिठी बजाएर आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए भने दोस्रो हाफमा टोली दबाबमा नै रहयो। प्रशिक्षक सोलारीले चोटका कारण केहि नयाँ खेलाडी मैदान उतार्नुपर्यो तर उनीहरुको प्रदर्शन सन्तोषजनक मात्र रहयो। वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका भिनिसियस नै निर्णायक सावित भयो।


 

More form the Internet

loading...