Suvadin, Home
Nepal life 2.266M

रियल म्याड्रिडको भिक्टोरिया प्लेजनविरूद्ध ५-० को फराकिलो जीत

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत साविक विजेता रियल म्याड्रिडले समूह 'जी' को खेलमा भिक्टोरिया प्लेजनको मैदानमा ५-० को फराकिलो अन्तरले विजयी भएको छ। प्रशिक्षक जुलेन लोपेटेगुईलाई गत महिना बर्खास्त गरेयता रियलका कार्यवाहक प्रशिक्षक सान्टियागो सोलारीले राम्रो नतिजा दिलाएका छन्। उनको नेतृत्वमा टोलीले लगातार तेस्रो जित दर्ता गर्यो। यसक्रममा टोलीले कुनै गोल नखाई ११ गोल गरेको छ।

काठमाडाैं, २२ कात्तिक – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत साविक विजेता रियल म्याड्रिडले समूह 'जी' को खेलमा भिक्टोरिया प्लेजनको मैदानमा ५-० को फराकिलो अन्तरले विजयी भएको छ।

पाहुना टोलीको सहज जितमा पहिलो हाफमा नै रियलले ४-० को अग्रता बनाएको थियो। म्याड्रिड टोलीले फरवार्ड करीम बेन्जेमाको २०औं मिनेटको गोलमा अग्रता लिएको थियो। उक्त गोल बेन्जेमाको रियल म्याड्रिडका लागि २ सयौं गोल पनि थियो। त्यसको तीन मिनेटमै रियलले क्यसेमिरोको गोलमा अग्रता दोब्बर पार्यो।

खेलको ३७ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै ३-० ले अगाडी बढाए। पहिलो हाफको ५ मिनेट समय बाँकी छँदा ग्यारेथ बेलले गोल गर्दै हाफ टाइममा ४-० को अग्रता दिलाए। उत्कृष्ट खेल पस्केको म्याड्रिडका लागि दोस्रो हाफमा टोनी क्रुसले दर्शनीय गोल गरे। ६७औं मिनेटमा जर्मन मिडफिल्डरले विपक्षी गोलरक्षक एलेस ह्रुसकालाई चिप गर्दै गोल गरेका थिए।

प्रशिक्षक जुलेन लोपेटेगुईलाई गत महिना बर्खास्त गरेयता रियलका कार्यवाहक प्रशिक्षक सान्टियागो सोलारीले राम्रो नतिजा दिलाएका छन्। उनको नेतृत्वमा टोलीले लगातार तेस्रो जित दर्ता गर्यो। यसक्रममा टोलीले कुनै गोल नखाई ११ गोल गरेको छ। अंक तालिकाको शीर्ष स्थानमा रहेको रियलले अर्को खेलमा अनुकुल नतिजा आएको खण्डमा अर्को चरणमा स्थान पक्का गर्नेछ।


 

More form the Internet

loading...