Suvadin, Home

राेनाल्डाे नचलेपनि रियलकाे सहज जीत

स्टार खेलाडी क्रिस्टियानाे राेनाल्डाेकाे जादु नचले पनि रियल मेड्रिडले च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएकाे खेलमा नापाेलीलार्इ पराजित गरेकाे छ। लिग अन्तर्गत भएको प्रि–क्वाटरफाइनलको पहिलो खेलमा रियल मेड्रिडले नापाेलीलार्इ ३-१ गाेल अन्तरले पराजित गरेकाे हाे। खेलकाे अाठाैं मिनेटमा घरेलु टाेली नापाेलीले मेड्रिडमाथि अग्रता कायम गरेकाे थियाे।

काठमाडाैं, फागुन ५ - स्टार खेलाडी क्रिस्टियानाे राेनाल्डाेकाे जादु नचले पनि रियल मेड्रिडले च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएकाे खेलमा नापाेलीलार्इ पराजित गरेकाे छ।

लिग अन्तर्गत भएको प्रिक्वाटरफाइनलको पहिलो खेलमा रियल मेड्रिडले नापाेलीलार्इ ३-१ गाेल अन्तरले पराजित गरेकाे हाे। खेलकाे अाठाैं मिनेटमा घरेलु टाेली नापाेलीले मेड्रिडमाथि अग्रता कायम गरेकाे थियाे।

१९अाैं मिनेटमा करिम बेन्जामाले गाेल गर्दै रियललार्इ बराबरीमा फर्काए। त्यसपछि बाँकी खेलमा रियल अाक्रामक देखिएकाे थियाे।

हेडमार्फत गाेल गर्दै खेल बराबरीमा फर्काएका करिमपछि ४९अाैं मिनेटमा टाेनी क्रुसले लिएका लागि दाेस्राे गाेल गरे। त्यसकाे ५ मिनेट वित्न नपाउदै क्यासमिराेले रियलका लागि तेस्राे गाेल गरे।

यसै लिगकाे दाेस्राे खेल नापाेलीकै मैदानमा अागामी मार्च ७ मा हुनेछ। याे सिजनकाे च्याम्पियन्स लिगमा राेनाल्डाे खराब प्रदर्शनबाट गुज्रिरहेका छन्। उनले लिगमा गाेल गर्न नसकेकाे ५ सय २३ मिनेट भएकाे छ। 


 

More form the Internet

loading...