Suvadin, Home

रियल म्याड्रिडद्वारा सेभिया पराजित

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिडले सेभियालाई ४–१ ले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा क्रिस्टियानो रोनाल्डोले दुई तथा नाचो तथा टोनी क्रसले समान एक एक गोल गर्दै रियलको जीत सुनिश्चित गरे।
जीतपछि खुसी मनाउँदै रियलका खेलाडी । तस्बिरः एजेन्सी।

काठमाडाैं, जेठ १ - स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिडले सेभियालाई ४–१ ले पराजित गरेको छ। 

घरेलु मैदानमा भएको खेलमा क्रिस्टियानो रोनाल्डोले दुई तथा नाचो तथा टोनी क्रसले समान एक एक गोल गर्दै रियलको जीत सुनिश्चित गरे। 

खेलको अग्रता रोनाल्डोले दिलाएका थिए। रोनाल्डोले २३ र ७८ औं मिनेटमा गरी दुई गोल गरे भने नाचोले १० औं तथा क्रसले ८४ औं मिनेटमा गोल गर्दै रियललाइ जीत दिलाएका हुन्। 

सेभिल्लाका लागि जोभेटिकले ४९ औं मिनेटमा एक गोल फर्काएपनि त्यसले त्यति महत्व पाएन्। जितपछि दोस्रो स्थानको रियलको लिगका दुई खेल बाँकी हुँदा ८७ अंक भएको छ। 
 


 

More form the Internet

loading...