Suvadin, Home

बार्सिलोनाले रियल मेड्रिडलाई पछि पार्याे

जीतसँगै बार्सिलोनाको २५ खेलबाट ५७ अंक छ। ५६ अंक रहेकाे रियल दाेस्राे स्थानमा खस्किएकाे छ। घरेलु मैदानमा भएको खेलमा मेसीले खेल सुरु भएको नाै मिनेटमै बार्सिलोनालाई अग्रता दिलाएका छन्। त्यसको दुई मिनेटमा जुआन रोड्रिगेजले आत्मघाती गोल गर्दै बार्सिलोनाका लागि उपहार गोल थपिदिए। खेलको २७औं मिनेटमा लुईस स्वारेजको गोलमा बार्सिलोना पहिलो हाफमा ३-१ को अग्रतामा लियाे।
गाेल गरेपछि मेसीसँग खुसी साट्दै स्वारेज। तस्बिरः एजेन्सी

काठमाडाै, फागुन १९ - स्टार खेलाडीहरु लियाेनल मेसी, लुइस स्वारेज र नेयमारले गोल गरेपछि बार्सिलोनाले रियल मेड्रिडलाई पछि पारेकाे छ। स्पेनिस ला लिगामा बिहीबार बिहान सम्पन्न खेलमा स्पोर्टिङ गिजोनलाई ६-१ को फराकिलो गाेलअन्तरले पराजित गर्दै यसअघि अंक तालिकाको शीर्षमा रहेको मेड्रिडको स्थान बार्सिलोनाले खोसेको हो।

जीतसँगै बार्सिलोनाको २५ खेलबाट ५७ अंक छ। ५६ अंक रहेकाे रियल दाेस्राे स्थानमा खस्किएकाे छ। घरेलु मैदानमा भएको खेलमा मेसीले खेल सुरु भएको नाै मिनेटमै बार्सिलोनालाई अग्रता दिलाएका छन्।

त्यसको दुई मिनेटमा जुआन रोड्रिगेजले आत्मघाती गोल गर्दै बार्सिलोनाका लागि उपहार गोल थपिदिए। खेलको २७औं मिनेटमा लुईस स्वारेजको गोलमा बार्सिलोना पहिलो हाफमा ३-१ को अग्रतामा लियाे।

खेलको ४९औं मिनेटमा पाको अल्कासेर, ६५औं मिनेटमा नेयमार र ८७औं मिनेटमा इभान रेकिटिकले गोल गर्दै बार्सिलोनाको ६ गोल पुर्याएका हुन्। स्पोर्टिङ गिजोनलार्इका कारर्लोस क्यास्टेले २१अाैं मिनेटमा एक गोल फर्काएका थिए।

बार्सिलोनाको जीतसँगै ला लिगाको उपाधि होडमा झनै प्रतिस्पर्धा बढेको छ। रियल मेड्रिड र बार्सिलोना परम्परागत उपाधिका दाबेदार टोली हुन्। अंक तालिकामा बार्सिलोनाले अग्रता लिएपनि मड्रडिले उसको भन्दा एक खेल कम खेलेको छ।

खेलकाे हाइलाइट हेर्नहाेस्:-

 


 

More form the Internet

loading...