Suvadin, Home
Nepal life 70.8k

हाम्रो अाशाको किरण नै नेयमार हुन्ः रोनाल्डिनो

नेयमारप्रति टिमका कोचदेखि लिएर, टोलीका खेलाडी साथै सम्पूर्ण ब्राजिलका नागरिकहरू अाशावादी छन्। सन् २०१४ को विश्वकप फुटबलको दाैरान जर्मनीविरूद्धको खेलमा ७–१ को गोलअन्तरले पराजित भएको तथ्यले अझै ब्राजिलका फुटबल प्रेमीलार्इ परोली रहेको छ। उनीहरूलार्इ उक्त कुराले अझै झक्झकाइरहेको छ।
नेयमार र रोनाल्डिनो

काठमाडाैं, ३० जेठ – फुटबल त्यस्तो खेल हो जहाँ हरेक खेलाडीको खेल मैदानमा उत्तिकै भुमिका रहेको हुन्छ। तर, पनि प्रत्येक टिममा एउटा त्यस्ता प्रभावसाली खेलाडी हुन्छन जसले टिमकै जिम्मेवारी अाफ्नो काँधमा लिएका हुन्छन्। त्यो खेलाडी नै अाशाको किरण बनेका हुन्छन्। त्यस्तै प्रभावसाली खेलाडीको सूचीमा पर्छन् ब्राजीलका स्टार खेलाडी नेयमार। 

नेयमारप्रति टिमका कोचदेखि लिएर, टोलीका खेलाडी साथै सम्पूर्ण ब्राजिलका नागरिकहरू अाशावादी छन्। सन् २०१४ को विश्वकप फुटबलको दाैरान जर्मनीविरूद्धको खेलमा ७–१ को गोलअन्तरले पराजित भएको तथ्यले अझै ब्राजिलका फुटबल प्रेमीलार्इ परोली रहेको छ। उनीहरूलार्इ उक्त कुराले अझै झक्झकाइरहेको छ। 

खुट्टाको शल्यक्रियाका कारण मैदानबाट बाहिरेका नेयमार पूर्ण रूपमा स्वस्थ भएर मैदान फर्को पछि ब्राजिलमा विश्वकप जित्ने सम्भावना प्रवल भएको भन्दै हर्सउल्लास छाएको छ। 

ब्राजिल्का सन् २००२ का विश्वकप विजेता टोलीमा समावेश खेलाडी रोनाल्डिनोले नेयमार स्वस्थ भएर विश्वकप खेल्न तयार भइसकेको बताए। रोनाल्डिनोले नेयमार ब्राजिलका लागि ठूलो अाशा भएको पनि उल्लेख गरे। 

रोनाल्डिनोले भने, 'नेयमार तयारी अवस्थामा छन्। उनी हाम्रो अाशाको स्रोत हुन्। हामी पनि तयार छाैँ। यस पटक उपाधी हासिल गर्न राम्रो टिम पनि बनेको छ।'

रोनाल्डिनोले सन् २०१४ को विश्वकपका दाैरान पराजित भएको क्षण स्मरण गर्दै भने, 'त्यो निकै अाश्चर्य लाग्दो पल थियो। म अाशा गर्छु अब कहिले पनि त्यस्तो पलको सामना गर्नु नपरोस्। तर, फुटबल अाफैमा ठूलो कुरा रहेछ। किनकी त्यसले इतिहास बदल्न फेरी अर्को माैका प्रदान गर्दो रहेछ।' 


 

More form the Internet

loading...