Suvadin, Home
Nepal life 3.22M

लुकाकुले युनाइटेडको दुई खेल गुमाउने

उनी अर्काे साता मात्रै म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा सामेल हुनेछन्। लुकाकु टिममा नरहने पक्का भएपनि पछिल्ला तीन खेलमा बेन्चमा रहेका पउल पोग्वा टिममा फर्किएका छन्। 

एजेन्सी, ६ पुस – म्यानचेस्टर युनाइटेडका कार्यकारी प्रशिक्षक सोल्सजरलाई क्लबको शुरूवाती झट्का लागेको छ। युनाइटेडका फरवार्ड रोमेलु लुकाकुले दुई खेल गुमाउने भएपछि नयाँ प्रशिक्षक गुनरलाई शुरुवाती झट्का लागेको हो।

चोट र व्यक्तिगत कारण बिदामा रहेका लुकाकुले नव नियुक्त अन्तरिम प्रशिक्षक सोल्सजरको प्रशिक्षणमा सामेल हुन नपाउने भएका छन्। उनी अर्काे साता मात्रै म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा सामेल हुनेछन्। लुकाकु टिममा नरहने पक्का भएपनि पछिल्ला तीन खेलमा बेन्चमा रहेका पउल पोग्वा टिममा फर्किएका छन्। 

बर्खास्तीमा परेका मोउरिन्होले पोग्वालाई पछिल्ला तीन खेलमा फिट नभएको भन्दै बेन्चमा राखेका थिए।युनाइटेडले भोलि शनिबार कार्डिफसँग खेल्नेछ र २६ डिसेम्वरमा हडर्सफिल्डसँग खेल्नेछ।


 

More form the Internet

loading...