Suvadin, Home

अब खेलाडीकाे रुपमा देखिँदैनन् राेनाल्डिन्हाे

सन् २०१५ सम्म ब्राजिलियन क्लब फ्लुमुनेन्समा अावद्ध रहेका राेनाल्डिन्हाे त्यस पछि रोनाल्डिन्हो एजेन्ट थिए। तर, अहिले ३७ वर्षको उमेरमा उनले सन्यास लिने निर्णय गरेको रोबर्टोले बताएका छन्।
राेनाल्डिन्हाे।

काठमाडाैं ३ माघ – विश्व फुटबल जगतमा सबैले सुनेकाे नाम हाे राेनाल्डिन्हाे। ब्राजिल तथा बार्सिलोनाका पूर्व सुपरस्टार खेलाडी रोनाल्डिन्हो अब खेलाडीकाे रुपमा मैदानमा नदेखिने भएका छन्।

राेनाल्डिन्हाेले व्यवसायिक फुटबलबाट सन्यास लिएको उनका एजेन्ट रोबर्टो असीसले सार्वनिक गरेका छन्। राेनाल्डिन्हाेका एजेन्ट तथा व्यवसायी रोबर्टो, रोनाल्डिन्होका दाजु पनि हुन्।

सन् २०१५ सम्म ब्राजिलियन क्लब फ्लुमुनेन्समा अावद्ध रहेका राेनाल्डिन्हाे त्यस पछि रोनाल्डिन्हो एजेन्ट थिए। तर, अहिले ३७ वर्षको उमेरमा उनले सन्यास लिने निर्णय गरेको रोबर्टोले बताएका छन्।

राेबर्टाेका अनुसार रुस विश्व कपपछि ब्राजिल, युरोप र एसियामा केही कार्यक्रम गर्दै राेनाल्डाेको सन्यासलाई औपचारिकता दिने योजना रहेकाे छ।

ब्राजिलियन क्लब ग्रेमियोबाट व्यवसायिक फुटबल शुरु गरेका रोनाल्डिन्हो पिएसजी, मिलान र बार्सिलोना लगायतका क्लबबाट खेलेका थिए। बार्सिलोनामा ५ वर्ष बिताउँदै उनले २ सय ७ खेल खेल्दै ९७ गोल गरेका छन्।

ब्राजिलको राष्ट्रिय टोलीबाट राेनाल्डिन्हाेले ९७ खेलमा ३३ गोल गरेका छन्। ब्राजिलबाट सन् २००२ को विश्व कप र बार्सिलोनाबाट सन् २००६ को च्याम्पियन्स लिगकाे उपाधि उचालेका राेनाल्डिन्हाेले सन् २००५ को ब्यालोन डी ओर उपाधि पनि हासिल गरेका थिए।


 

More form the Internet

loading...