Suvadin, Home

मेसीलार्इ पछि पार्दै राेनाल्डाेले जिते विश्वकाे उत्कृष्ट खेलाडी अवार्ड

अर्जेन्टिनी फुटबल स्टार लिअाेनल मेसीलार्इ पछि पार्दै पाेर्चुगेली स्टार क्रिष्टियानो रोनाल्डो विश्वकाे उत्कृष्ट फुटबल खेलाडी बनेका छन्। विश्व फुटबलकाे अाधिकारिक प्रशासकीय निकाय फिफाले साेमबार राति घाेषणा गरेकाे वर्षकाे उत्कृष्ट खेलाडीकाे अवार्ड राेनाल्डाेले जितेका हुन्।  
राेनाल्डो।

काठमाडाैं, पुस २६


अर्जेन्टिनी फुटबल स्टार लिअाेनल मेसीलार्इ पछि पार्दै पाेर्चुगेली स्टार क्रिष्टियानो रोनाल्डो विश्वकाे उत्कृष्ट फुटबल खेलाडी बनेका छन्। विश्व फुटबलकाे अाधिकारिक प्रशासकीय निकाय फिफाले साेमबार राति घाेषणा गरेकाे वर्षकाे उत्कृष्ट खेलाडीकाे अवार्ड राेनाल्डाेले जितेका हुन्।  

विश्वभरका खेल समर्थक, राष्ट्रिय टिमका कप्तान तथा प्रशिक्षक अनि खेल पत्रकारहरूले दिएकाे पूर्ण भाेटमध्ये रोनाल्डोले कुल मतको ३४ दशमलव ५४ प्रतिशत मत पाउँदै अवार्ड उचालेकाे फिफाले जनाएकाे छ। मेसी भने झण्डै ९ प्रतिशत मतले पछि रहे। दोस्रो स्थानमा रहेका मेस्सीले २६ दशमलव ४२  पाए भने तेस्रो स्थानमा रहेका ग्रिजम्यानले ७ दशमलव ५३ प्रतिशत मत पाएकाे फिफाले जनाएकाे छ।

स्वीजरल्याण्डकाे ज्युरिचमा सम्पन्न भव्य समाराेहमा राेनाल्डाेलार्इ साे अवार्ड दिर्इएकाे हाे। राेनाल्डाेले सन् अाफ्नाे राष्ट्र पाेर्चुगललार्इ युराेकप २०१६ काे उपाधि जिताएका राेनाल्डाेले क्लब रियल मड्रिडलार्इ च्याम्पियन्स लिगकाे उपाधि दिलाएका थिए। जुन उनी विश्वकै उत्कृष्ट खेलाडी बन्न बलियाे अाधार बन्याे। 

अवार्ड जितेपछि प्रतिक्रिया दिँदै राेनाल्डाेले भने, ‘याे वर्ष मेरा लागि निकै उत्कृष्ट रह्यो र मलार्इ भेट दिने सम्पूर्णलार्इ धन्यवाद।’ यस्तै, अमेरिकाकी कार्ली लोइड वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन्। 


 

More form the Internet

loading...