Suvadin, Home

रबिनकाे अाक्रमक अर्धशतक, राेयलले खहरेलार्इ ६ विकेटले हरायाे

टस जितेर पहिले ब्याटिङ गरेकाे खहरेले निर्धारित २० अाेभरमा ७ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउँन सक्याे। खहरेका लागि अनिल थापाले सर्वाधिक २६ रन जाेडे। त्यस्तै, उसका अनिल थापाले २३, कृष्ण अधिकारीले २० तथा तल्लाे क्रममा ब्याट्सम्यान राेशन पुलामीले २२ रन जाेडे।  
म्यान अफ द म्याच ग्रहण गर्दै राेयलका रबिन जाेशी।

काठमाडाैं, पुस २७ 


काठमाडाैंमा जारी दाेस्राे रूसलान कप क्रिकेट प्रतियाेगिता अन्तर्गत दाेस्राे दिनकाे भर्खरै सम्पन्न दाेस्राे खेलमा राेयल पिसी फार्इटर क्लबले खहरे क्रिकेट क्लबलार्इ ६ विकेटले पराजित गरेकाे छ।

टस जितेर पहिले ब्याटिङ गरेकाे खहरेले निर्धारित २० अाेभरमा ७ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउँन सक्याे। खहरेका लागि अनिल थापाले सर्वाधिक २६ रन जाेडे। त्यस्तै, उसका अनिल थापाले २३, कृष्ण अधिकारीले २० तथा तल्लाे क्रममा ब्याट्सम्यान राेशन पुलामीले २२ रन जाेडे।  

खहरेका लागि धिरज शाही र सुरेन्द्र चन्दले समान २ विकेट लिए भने रबिन खत्री र विजय सुनारले १-१ विकेट हात पारे।

 १ सय १६ रनकाे लक्ष्य पछ्याएकाे राेयलले १२.२ अाेभरमा ४ विकेट गुमाएर लक्ष्य भेटायाे। राेयलका अाेपनर रबिन जाेशीले ५६ रनकाे अाक्रमक इनिङ खेले। ३० बलकाे सामना गरेका उनले ७ चाैका र ३ छक्का प्रहार गरे। त्यस्तै विजय सुनारले २९ तथा धनबहादुर कार्कीले २३ रन बनाए।

खहरेका रामबहादुर रानाले २ तथा राेशन पुलामी तथा सन्जन रेग्मीले समान १ विकेट लिए। खेलकाे म्यान अफ द म्याच राेयल पिसीका रबिन जाेशी घाेषित भए।  


 

More form the Internet

loading...