Suvadin, Home

रूपेन्देहीद्वारा विराटनगर पराजित

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गतकाे १३ अाैं खेलमा अाइतबार रूपेन्देही च्यालेन्जर्सले विराटनगर किंङसलार्इ ७१ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ। 
जितपछि सेल्फी लिँदै कञ्चनपुर अाइकाेनिकका खेलाडीहरू।

काठमाडाैं, वैशाख ३ - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गतकाे १३ अाैं खेलमा अाइतबार रूपेन्देही च्यालेन्जर्सले विराटनगर किंङसलार्इ ७१ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ। 

टस जितेर पहिले ब्याटिङ गरेकाे रूपेन्देहीले निर्धारित अाेभरमा ८ विकेट गुमाएर १ सय ३२ रन बनायाे। उसका अन्तिम थापाले ४५, कृष्ण कार्कीले २२, पुष्प थापाले १७ तथा हरिशंकर शाहले १४ रन बनाए। 

जवाफी बलिङमा रूपेन्देहीका सुशील कडेल र दीपेन्द्र सिंह एेरीले समान २ तथा पवन सरार्फ, किशाेर महताे, सन्दिप लामिछाने र शरद भेषावकरले समान १ विकेट लिए।

विराटनगरका ब्याट्सम्यानहरू चल्न नसक्दा पराजित बन्याे। विराटनगरका लागि शरद भेषावकरले मात्रै ३४ बाहेक अन्यले दाेहाेराे अंक बनाउन सकेनन्। 

रूपेन्देहीका शाहब अालमले ४ तथा दीपेश श्रेष्ठ र कृष्ण कार्कीले समान ३ विकेट लिए। म्यान अफ द म्याच रूपेन्देहीका शाहब अालमले नगद १० हजार हात पारे। 

त्यस्तै, दिउँसाे भएकाे दाेस्राे खेलमा कञ्चनपुर आइकोनिकले सिवाइसी अत्तरियालाई ६ विकेटले पराजित गरेकाे छ। 

टस हारेर व्याटिङमा उत्रेकाे अत्तरियाले २० अाेभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्याे। उसका लागि प्रदीप ऐरीले १९ र ज्ञानेन्द्र कुवरले १५ रन बनाए। कन्चनपुरका लागि अभिनाश कर्ण र सुनील धमलाले समान ३–३ विकेट लिए

अत्तरियाले दिएको लक्ष्य कञ्चनपुर आइकोनिकले १० ओभर मात्र ४ विकेट गुमाएर भट्टायाे। आइकाेनिकका लागि विनोद भण्डारीले १६, सागर पुनले २२, सुनिल धमला २८ र हसिम अन्सारीले २२ रन बनाए।

अत्तरियाका विनोद लामाले दुई र ज्ञानेन्द्र कुवँरले एक विकेट लिए। खेलकाे म्यान अफ द म्याच कञ्चनपुर अाइकाेनिकका सुनील धमला भए। उनले दस हजार रू


 

More form the Internet

loading...