Suvadin, Home

मेहबुबकाे अलराउण्डर प्रदर्शनले ह्वाइट हाउसकाे फराकिलाे जित

टस हारेर पहिले ब्याटिङमा अाएकाे हिमालयका मेहबुब अालमकाे अर्धशतकीय पारीकाे मद्दतले  निर्धारित २० अाेभरमा १ सय ६९ रन बनायाे। ४५ बलकाे सामना गरेका मेहबुब अालमले ५ चाैका र ४ छक्काकाे मदतले ५१ रनकाे इनिङ खेले। त्यस्तै, सुवेन्दु पाण्डेले ३८, प्रनित थापामगरले ३२ तथा अमरसिंह राैटेलाले २५ रनकाे पारी खेले। 

काठमाडाैं, पुस २८


काठमाडाैंमा जारी रूसलान कप क्रिकेट प्रतियाेगिताकाे तेस्राे दिन बिहीबार भर्खरै सम्पन पहिलाे खेलमा हिमालयन ह्वाइट हाउस कलेजले पीसी फाइटर ११ क्लबलार्इ १ सय ७ रनले पराजित गरेकाे छ।

टस हारेर पहिले ब्याटिङमा अाएकाे हिमालयका मेहबुब अालमकाे अर्धशतकीय पारीकाे मद्दतले  निर्धारित २० अाेभरमा १ सय ६९ रन बनायाे। ४५ बलकाे सामना गरेका मेहबुब अालमले ५ चाैका र ४ छक्काकाे मदतले ५१ रनकाे इनिङ खेले। त्यस्तै, सुवेन्दु पाण्डेले ३८, प्रनित थापामगरले ३२ तथा अमरसिंह राैटेलाले २५ रनकाे पारी खेले। 

बलिङमा पिसी फाइटरका चन्द्रदेव जाेशीले ३ तथा चन्द्रदेव पन्त र अरूण चन्दले समान २ विकेट लिए। 

जवाफी ब्याटिङमा अाएकाे पिसी फाइटरले १६ अाेभरमा अाफ्ना सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्याे। उसका नरेश चन्दले बनाएकाे २२ रन सर्वाधिक रह्ये। त्यस्तै, अरूण चन्दले १२ रनकाे इनिङ खेल्नुबाहेक अन्यले दाेहाेराे अंक जाेड्न सकेनन्। 

बलिङमा हिमालयका महबुब अालमले ३ विकेट लिए। ४ अाेभर बलिङ गरेका उनले २ अाेभर मेड्न राख्दै २ रन मात्र दिए। सन्दीप ढुंगाना र हासिम अन्सारीले पनि टिमका लागि समान २ विकेट लिए। खेलकाे म्यान अफ द म्याच हिमालयका महेबुब अालम घाेषित भए। 


 

More form the Internet

loading...