Suvadin, Home
Nepal life 1.247M

विश्वकप फाइनल खेलमा मैदान प्रवेश गरेका विरोधकर्ता अस्पतालमा भर्ना

विश्वकप फाइनलको मुद्दामा मंगलबार अदालतमा उपस्थित भएपछि बिरामी परेका उनी अस्पतालमा छन्।उनीसँगै अदालत पुगेकी वेरोनिका निकुल्शिनाले पिटरले राम्रोसँग देख्न, बोल्न र हिड्न पनि छाडेको बताएकी छिन्। पिटरको करिब २ घण्टा पछि मात्र होस अाएको थियो। उनका अनुसार शुरूवाती परिक्षणमा डाक्टरले खासै गम्भीर नदेखिएको बताएपनि केहिबेर पछि भने अस्पतालको विषालु पदार्थ रहेको बिमारी कक्षमा भर्ना गरे।

काठमाडाैं, २९ भदाै – रुसमा केही महिनाअघि सम्पन्न भएको विश्वकप फाइनल खेलको दौरान मैदान प्रवेश गरेर विरोध जनाएका महिला अधिकारवादी समूह ‘पुसी राएट’ का सदस्य पिटर भर्जिलभलाई अस्पताल भर्ना भएका छन्। परिवारका अनुसार उनलाई कसैले विष खुवाएका हो।

विश्वकप फाइनलको मुद्दामा मंगलबार अदालतमा उपस्थित भएपछि बिरामी परेका उनी अस्पतालमा छन्।उनीसँगै अदालत पुगेकी वेरोनिका निकुल्शिनाले पिटरले राम्रोसँग देख्न, बोल्न र हिड्न पनि छाडेको बताएकी छिन्। पिटरको करिब २ घण्टा पछि मात्र होस अाएको थियो। उनका अनुसार शुरूवाती परिक्षणमा डाक्टरले खासै गम्भीर नदेखिएको बताएपनि केहिबेर पछि भने अस्पतालको विषालु पदार्थ रहेको बिमारी कक्षमा भर्ना गरे।

मेडुजा नामक रूसी संचार माध्यमले पिटरको पारीवारिक स्रोतसँग सम्पर्क गर्दै उनी आइसीयुमा रहेको जानकारी दिएको छ। स्रोतका अनुसार पिटर अहिले आँखाले मात्र संकेत गर्ने अवस्तामा छन्। उनको स्वास्थ्य अवस्थाबारे भने यकिन नतिजा आउन सकेको छैन।

पिटरले सन् २०१२ मा यस्तै किसिमको विरोध प्रदर्श गरेकी निकोभा तोलोकोसँग विवाह गरेका हुन्। त्यसबेला विरोध गरेको अभियोगमा निकोभालाई २ वर्ष जेल सजाय भएको थियो। उनले ‘पिटरलाई विषालु खानेकुरा खुवाएर निकै गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ ,’ भन्दै ट्विट गरेकी छिन्। रायट समूहका अर्का सदस्य मारियाले पनि सोहि तथ्य रहेको ट्वीटमार्फत जनाएकी छिन्।

पिटर क्यानाडाका नागरिक हुन् र उनले सन् २०१२ देखि रायट समूहको प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका छन्। विश्वकप फाइनलमा विरोध गरेका कारण उनीहरुलाई १५ दिन जेल सजाय सुनाइएको थियो। रायट समूहले रुसमा मानवअधिकार हनन भएको विरोधमा उक्त कदम चालेको बताएका थिए।


 

More form the Internet

loading...