Suvadin, Home

Cover Image

साफ महिला फुटबलमा बङ्गलादेशद्वारा भूटान पराजित

विराटनगरको शहीद रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशका लागि मिश्रत जोहान मौसुमी र कप्तान सविना खातुनले गोल गरेका थिए। खेलको ४६औँ मिनेटमा मौसुमीले पहिलो गोल गरिन् भने ८५औँ मिनेटमा खातुनले दोस्रो गोल गरेकी थिइन्। 

विराटनगर, ३० फागुन - पाँचौं साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले भूटानलाई २–० गोलअन्तरले पराजित गरेको छ। 

विराटनगरको शहीद रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशका लागि मिश्रत जोहान मौसुमी र कप्तान सविना खातुनले गोल गरेका थिए। खेलको ४६औँ मिनेटमा मौसुमीले पहिलो गोल गरिन् भने ८५औँ मिनेटमा खातुनले दोस्रो गोल गरेकी थिइन्। 

पहिलो हाफमा दुवै टोलीले गोलरहित खेल खेलेका थिए। बङ्गलादेशको आक्रमणलाई भूटानी डिफेण्डरले पहिलो हाफसम्म विफल बनाएका थिए । बङगलादेश साफ सेमिफाइनल प्रवेश गरेको छ। नेपाल र बङ्गलादेशबीच शनिबार हुने लिगको अन्तिम खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ। 

भूटान प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ। भूटान पहिलो खेलमा नेपालसँग ३–० गोल अन्तरले पराजित भएको थियो। शुक्रबार समूह ‘बी’ अन्तर्गत श्रीलङ्का र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ। 


 

More form the Internet

loading...